सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

२०७८ मंग्सिर १८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा आजदेखि दोस्रो ऋषिङ अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । झापुटारमा सुरु भएको सो प्रतियोगिताको उद्घाटन खेलमा आयोजक ऋषिङ गाउँपालिका ‘बि’ विजयी भएको छ ।

ऋषिङ ‘बि’ले म्याग्दे गाउँपालिकालाई ३–० ले पराजित गरेको हो । ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैका अनुसार उक्त प्रतियोगितामा तनहुँको व्यास नगरपालिका, भिमाद र शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी र घिरिङ गाउँपालिका, स्याङ्जाको बिरुवा गाउँपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिका, कास्कीको मादी गाउँपालिका र रुपाकोट गाउँपालिका, बाग्लुङको गलकोट नगरपालिका तथा नवलपुरको बौदीकाली गाउँपालिका सहभागी छन् । आइतबार चार खेल सञ्चालन हुने दरैले बताउनुभयो ।

विकाससँगै खेलकुदका गतिविधिलाई अगाडी बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख ४० हजार, रु एक लाख र रु ६० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सीटीका फोडेन बने प्रिमियर लिगको उत्कृष्ट खेलाडी

अपराजित लिभरकुसेन

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा नेपाल पराजित

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

बुटवलमा सम्पन्न हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

भारतीय फुटबलर सुनिल क्षेत्रीले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास