सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने

२०७८ मंग्सिर २०, सोमबार


काठमाण्डौः सरकारले मुडे–चरिकोट सडक विस्तार तथा कालोपत्रको काम अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का सम्झौता तोड्ने भएको छ । उक्त सडकको दूरावस्थाको विरुद्ध दोलखाका पत्रकारको अगुवाइमा गठित सङ्घर्ष समितिका अध्यक्ष तथा पत्रकार चिरञ्जीवी मास्केसहितको समूहसँग भेटमा आज भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले एक हप्ताभित्र ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्काको सम्झौता तोड्ने बताउनुभयो ।

उहाँले सडक अलपत्र पारेर जनतालाई सास्ती दिने कामप्रति मन्त्री पनि गम्भीर रहनुभएको र त्यसको ठेक्का तोड्न तलबाट प्रक्रिया पूरा गरेर नयाँ टेन्डर आह्वान गर्ने बताउनुभयो । खाडीचौर–मुडे हुँदै चरिकोटसम्मको ५५ किलोमिटर सडक विस्तारको काम अलग अलग ठेकेदारले पाएका थिए । मुरे–चरिकोटको काम शङ्कर माली निर्माण सेवाले गरिरहेको तर ठेकेदार मिटरब्याजको फन्दामा परेपछि काम अलपत्र छ ।

शङ्करमाली–सुनौला खिम्ती र भारतको सकिल हैदर जेभीले २०७२ मा सडक विस्तारको ठेक्का पाएको थियो । विसं २०७४ भित्र सम्पन्न हुनुपर्ने काम चार वर्ष ढिला भएपछि सडक डिभिजन कार्यालयले ठेकेदारलाई दैनिक रु चार लाखका दरले हर्जनासमेत तिराएको छ । ठेकेदार समस्यामा परेपछि सडकको काम अलपत्र भएको हो ।

सडक विस्तारको काम सकिए पनि कालोपत्र नहुँदा दोलखा यात्रा गर्न निकै कठिनाइ भएको छ । उक्त सडक निर्माणका लागि पहल गर्न दोलखाका पत्रकारले पटक–पटक आन्दोलन गरिरहेका छन् । त्यही आन्दोलनकै क्रममा आज सिंहदरबारमा आएर ध्यानाकर्षण गराएका हुन् । सङ्घर्ष समितिका संयोजक तथा पत्रकार मास्केले पुरानो ठेक्का बदर गरी नयाँ ठेक्काबाट प्रक्रियाबाट वर्षायाम सुरु हुनुभन्दा अघि नै काम सक्नुपर्ने बताउनुभयो । आन्दोलनमा दोलखाका पत्रकारका साथै जनप्रतिनिधिहरूसमेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शहीद दिवसमा सार्वजनिक बिदा

ओलीलाई संकेत गर्दै कांग्रेस महामन्त्री शर्माले भनेः संक्रमण हुँदा मापदण्ड पालना नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा

जिल्ला प्रशासनको सेवा स्थगित

न्याय सेवा आयोगको बैठक बस्दै, बारकाे असहमति

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा

जग्गा खोज्दै मधेस प्रदेश सरकार

गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न