सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ ः श्रममन्त्री श्रेष्ठ

२०७८ मंग्सिर २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले योजना बढाएको बताउनुभएको छ ।

भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नुबाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा चुँदी रम्घामा पूर्वाधार निर्माण गर्नाका साथै प्राकृतिक सौन्दर्यका माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको उहाँले जानकारी दिनुभएको होे ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री श्रेष्ठले भानुको जन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, संवद्र्धन र विकासका लागि सरोकार निकायहरूसँग पनि छलफल गरिने छ भन्नुभयो ।

चुँदी रम्घालाई आकर्षक पर्यटकीयस्थलका रूपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई अमेरिकास्थित इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशनले सहयोग गर्ने जनाएको छ । फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गरिने बताउनुभयो ।

उक्त योजना सफल बनाउन आदिकविको जन्मघर शिखर कटेरीमा विश्वकै ठूलो पूर्णकदको सालिक निर्माण गर्न लागिएको उहाँको भनाइ थियो। विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरूका स्मृतिलाई संरक्षण गर्ने गरिएकामा भानुभक्तको परिचय र योगदानलाई पनि जीवन्त राख्न पूर्णकदको सालिक बनाउन लागिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

पूर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरुको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीयस्थलका रूपमा विकास हुने अपेक्ष गरिएको छ । आदिकवि भानुभक्तको जन्म विसं १८७१ असार २९ गते चुँदी रम्घामा भएको थियो । थुपै्र साहित्यिक योगदान पु¥याउनुभएका भानुभक्तले संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी पठनीय बनाउनुभएको थियो । भानुभक्तलाई नेपाली भाषा र साहित्यकोे धरोहर मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रञ्जितालाई रेशमको आग्रहः ‘छोरी, भाउजू र भान्जी भन्नेहरूसँग टाढा रहनु’

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छः मन्त्री श्रेष्ठ

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

दीपेश पुन र नवीन अछामी कारागार चलान

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ : उपप्रधानमन्त्री महासेठ

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

काँग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटवार्ता

उपनिर्वाचनमा सहयोग पु-याउन निर्वाचन आयोगको आग्रह

पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए सोडारीलाई नाउपाको समर्थन नरहेको पत्र