सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खोप अभियानलाई तीव्रता दिइनेछः मन्त्री खतिवडा

२०७८ मंग्सिर २१, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको खोप पर्याप्त रहेकाले खोप अभियानलाई तीव्रता दिने बताउनुभएको छ । आज त्रिशूली अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा मन्त्री खतिवडाले कुनै पनि सङ्कोच नमानी कोरोना भाइरसविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गर्नुभएको छ ।

मन्त्री खतिवडाले सरकारले १८ वर्षमुनिका लागि पनि एक करोड डोज खोप ‘बुक’ गरिसकेकाले विद्यालयमा नै खोप केन्द्र बनाएर बालबालिकालाई खोप प्रदान गर्ने योजनामा रहेको बताउनुभयो । उहाँले देशभर १६ हजार खोप केन्द्र स्थापना गरी कोभिड–१९ विरुद्धको खोप जनतालाई लगाउने तयारी भइरहेको बताउनुभयो ।

“ हरेक नागरिकलाई खोप लगाउने सरकारको योजनालाई साकार पार्दैछौँ”, मन्त्री खतिवडाले भन्नुभयो, “नेपाली नागरिकलाई पुग्ने गरी खोप ल्याएका छाँै । साढे तीन करोड डोज खोप पाइपलाइनमा रहेको छ ।” मन्त्री खतिवडाले नागरिकलाई बुष्टर डोजको खोप केही दिनमा नै सुरुआत गरिनेसमेत बताउनुभएको छ । “दुई डोज खोप लगाइसकेकालाई बुष्टर डोज खोपको लागि मन्त्रिपरिषद्मा छलफल भएको छ । केही दिनमा नै त्यसको निर्णय हुनेछ”, मन्त्री खतिवडाले भन्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेशभित्र रहेको जिल्ला अस्पतालको निरीक्षण गरेर आवश्यकता पहिलाउँदै समाधानको बाटोमा जाने बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाह गर्नलाई प्रदेश सरकारबाट गर्नुपर्ने सबै प्रकारको सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै त्रिशूली अस्पतालमा पाँच शय्याको डायलासिस कक्ष स्थापना गर्ने चरणमा रहेकोसमेत जानकारी दिनुभयो ।

कोरियन सहयोग नियोग (कोइका)ले सहयोगमा ५० शय्याको अस्पताल निर्माण भएको हो । भूकम्पपछि अस्पतालमा सबै संरचना भत्किएपछि टेन्टबाट सेवा दिँदै आएको अस्पतालको नयाँ भवन डेढ वर्षअघि निर्माण सम्पन्न भएको थियो । अस्पताल ५० शय्याको भए पनि १२० शय्या राखेर सेवा प्रवाह हुँदै आएकाले अस्पतालको शय्या सङ्ख्या बढाउन पर्ने अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले बताउनुभयो ।

विसं २०२१ मा त्रिशूली जलविद्युत् निर्माणको क्रममा कामदारको उपचारको लागि स्थापना गरिएको स्वास्थ्यचौकी नै २०३२ सालबाट सर्वसाधारणको लागि उपचार गर्ने अस्पताल बनाइएको हो । २५ शय्यामा सञ्चालन हुँदै आएको अस्पताल २०६९ सालबाट ५० शय्यामा विस्तार गरिएको हो । नुवाकोटको साथै धादिङ र रसुवा जिल्लाका बिरामीको लागि त्रिशूली अस्पताल उपचारको केन्द्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

आरजु राणा देउवाले गराइन् शल्यक्रिया

टोपबहादुर रायमाझीको मुटुमा समस्या, अस्पताल भर्ना

बजेट अभावमा नगर अस्पतालको काम रोकियो

कान्ति बाल अस्पताल गएका बिरामी उपचारबाट वञ्चित हुन नपरोस् : स्वास्थ्यमन्त्री

महिला स्वास्थ्यकर्मीले नेतृत्व गरेको दुर्गमको स्वास्थ्य संस्था अब्बल बन्दै

क्यान्सर रोगको औषधि निःशुल्क उपलब्ध गराउने सहमति

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

गेटा अस्पतालद्वारा छ पदका लागि २६ जनाको जागिर खुल्यो

कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी

बाँकेमा गाइभैँसीलाई खोरेतविरुद्धको खोप

वीएण्डसी अस्पताललाई सम्बन्धन दिने सर्वोच्च अदालतको फैसलाप्रति डा. केसीको आपत्ति