सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जासुसको गाडी मध्यराति जोखिममा

२०७८ मंग्सिर २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: डिआइजीको स्कोर्पियो गाडी मध्यरातको २ बजे टिपरसँग ठोकियो । अरुका भए हल्लिखल्ली भइसक्थ्यो, को मरे, को बाँचे भन्ने हिसाब हुन्थ्यो । तर, ससुराली गाउँमा गाडी ठोक्काउने डिआइजीले न प्रहरी, न ट्राफिक कसैलाई सल्बलाउन दिएनन् ।

गुप्तचर विभाग (राअवि) का डिआइजी हुतराज थापाको गाडी यसरी टिप्परसँग ठोक्किएबापत जम्मा एकजनाले दुःख पाए, त्यही गाडीका चालक । उनलाई कारवाहीस्वरुप सिंहदरबारको पुतलीबगैँचाबाट पोखरास्थित गण्डकी प्रदेश कार्यालयमा धपाइएको छ ।

हुतराज रोल्पाका थापामगर हुन् । भक्तपुरे नेवार समुदायकी महिलासँग विवाह गरेका छन् । त्यसदिन उनको गाडी त्यति राति केका लागि भक्तपुर जाँदै थियो ? यी प्रश्न अनुत्तरित छन् । विभागमा पेश भएको हिसाबअनुसार त्यसरी गाडी टिप्परसँग ठोक्किँदा राम्रै क्षति भएको छ । पछि त्यत्तिकै फासफुस भएको ३३ किलो सुनकाण्डवाला छानबिन टोलीमा संलग्न यी डिआइजी कतिसम्म शक्तिशाली भने, उनको ४ महिनाअघि सुदूरपश्चिम प्रदेशमा सरुवा भएको थियो ।

शक्तिकेन्द्र लगाएर त्यहाँ गएनन् । त्यसपछि अर्का डिआइजी मधु कार्कीलाई खटाइयो । उनले पनि कांग्रेस नेतृ डिला संग्रौलालाई लगाएर सरुवा रद्द गराए ।

अहिले प्रदेशको कमाण्ड एसपी वीरेन्द्र कार्कीले गरेका छन् । उता, अर्को महिना पुस २२ गतेबाट अवकाश पाउने विभागका प्रमुख गणेशराज अधिकारीले जातेजाते ५८ जनालाई हवल्दारमा बढुवा गरेका छन् ।

अब फेरि सइ, असइको पनि प्रमोसन हुँदै छ । एसपीहरूलाई पनि विभिन्न जिल्लाबाट तान्दै मोरङमा वासु सिग्देल, बारामा सन्तोष ढुंगेल र सुनसरीमा कुलचन्द्र नेपाललाई खटाएका छन् । उनी पछि यदु खरेल ९ महिना विभागीय प्रमुख हुने लाइनमा छन् । आजको जनआस्थामा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केजरीवाल प्रकरण: अमेरिका–भारत मनमुटाव

प्रधानमन्त्रीमाथि संशय

लायकु प्रवेशद्वारमा कंक्रिट प्रयोग भएपछि काम रोक्न पुरातत्वको निर्देशन

नागरिक उन्मुक्तिभित्र फेरी किचलो, सांसद नै दुई कित्तामा

१५ सहकारीको १७ अर्ब अपचलन

भारतसँग ऊर्जा सम्झौता अन्योल, लोडसेडिङको जोखिम

दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

सत्तारूढ दलकै उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने

२३ निर्माण कम्पनी कालोसूचीमा

प्रदेश सरकार फेर्ने कसरत, केन्द्रीय गठबन्धनको हस्तक्षेपले राजनीतिक अस्थिरता

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा