सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

छ खेलाडी सम्मानित

२०७८ मंग्सिर २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नुवाकोटको विदुर नगरपालिकाले छ खेलाडीलाई नगदसहित आज सम्मान गरेको छ । नगरपालिकाको प्रमुख प्रशासकीय भवनको आज आयोजित शिलान्यास कार्यक्रमका अवसरमा दुई वर्षअघि सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)का विभिन्न विधाको प्रतियोगितामा पदक विजेता नगरभित्रका खेलाडीलाई नगद र प्रमाणसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

प्रतियोगितामा साइक्लिङमा स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई रु ५० हजार प्रदान गरिएको छ । यस्तै भारोत्तोलनमा रजत पदक विजेता अस्मिता राई, तेक्वान्दोमा रजत पदक विजेता कृष्णबहादुर तामाङ, तलवारमा रजत पदक विजेता अञ्जु तामाङ र जुडोमा रजत पदक विजेता सञ्जीत डङ्गोललाई रु ४० हजार तथा तेक्वान्दोमा कास्य पदक विजेता रेजित रिमाललाई रु ३० हजारसहित नगरप्रमुख सञ्जु पण्डितले सम्मान गर्नुभएको हो ।

नपाले नगरभित्रका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई पदक विजेता बन्न सफल भएमा नगदसहित सम्मान गर्ने भनेर कार्यपालिकाको बैठकले निर्णय गरेर बनाएको कार्यविधिअनुसार सम्मान गरेको जनाइएको छ । खेलाडीको हौसला बढाउन, उत्साह जगाउन तथा नयाँ उत्पादनका लागि प्रोत्साहन गर्न खेलाडीलाई नगदसहित सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र आर्मी भिड्ने

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

राजस्थान रोयल्सको लगातार दोस्रो जित

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासोः सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

आज आयरल्यान्ड ए सँग खेल्दै नेपाली ए टिम

आइपिएलमा मुम्बईको लगातार दोस्रो हार, हैदराबादले रच्यो इतिहास

नेपाल बहराइनसँग पुनः पराजित

इटहरी गोल्डकप :चर्च ब्वाइज सेमिफाईनलमा