सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिले बैठक आह्वान गरेको दिन संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

२०७८ मंग्सिर २२, बुधबार

काठमाण्डौंः दुई मोर्चा संगठन र ६ दलीय गठबन्धनले मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय गरेको छ ।

बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले एमसीसीको विरोधमा मंसिर २८ गते संसद भवन घेराउ गर्ने निर्णय भएको नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताएका छन।

उनका अनुसार मंसिर २७ गते नेपालस्थित एमसीएको कार्यालय घेराउ गर्ने निर्णय भएको छ भने २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।  थप कार्यक्रम आवश्यकता अनुसार तय गरेर आन्दोलनलाई जारी राखिने निर्णय समेत भएको गजुरेलले रातोपाटीलाई बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद अधिवेशन आह्वान गरेकी थिइन् । सो अनुसार संघीय संसदको दुबै सदनको बैठक  मंसिर २८ गते मंगलबार दिउँसो २ बजे बस्ने तय भएको छ ।

सो बैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव जानसक्ने चर्चाका बीच ६ दलीय मोर्चा तातेको हो । छ दलीय मोर्चामा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दल तथा मोर्चा संगठन रहेका छन् ।  रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शहीद दिवसमा सार्वजनिक बिदा

ओलीलाई संकेत गर्दै कांग्रेस महामन्त्री शर्माले भनेः संक्रमण हुँदा मापदण्ड पालना नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा

जिल्ला प्रशासनको सेवा स्थगित

न्याय सेवा आयोगको बैठक बस्दै, बारकाे असहमति

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा

जग्गा खोज्दै मधेस प्रदेश सरकार

गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न