सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

२०७८ मंग्सिर २४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : म्याग्दीका ई आज ‘मिडिया सोसाइटी अवार्ड–२०७८’ प्रदान गरिएको छ ।

म्याग्दी मिडिया सोसाइटीका पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पर्यटकीयस्थल टोड्केमा आयोजित समारोहमा रु सात हजार ८६५ नगदसहित गौतमलाई पुरस्कृत गरिएको हो ।

संस्थाका अध्यक्ष कमल खत्री र रघुगङ्गा गाउँपालिका–५ का वडा अध्यक्ष मनबहादुर शेरपुञ्जाले उहाँलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।

बेनीबाट प्रकाशन हुने बेनी साप्ताहिक र बेनी अनलाइनका प्रकाशक गौतम नागरिक दैनिकलगायत सञ्चारमाध्यमसँग आबद्ध हुनुहुन्छ ।

विसं २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालकहरु आबद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो ।

रु दुई लाख पाँच हजारको अक्षयकोषको ब्याजबाट जिल्लामा दस वर्षदेखि काम गरेका एकजना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ ।

सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा र प्रताप बानियाँ सम्मानित भइसक्नुभएको छ । प्रत्येक वर्ष दस प्रतिशतका दरले पुरस्कारको राशि बढाउने गरिएको छ ।

साधारणसभामा वडा अध्यक्ष शेरपुञ्जा र टोड्के हिल रिसोर्ट तथा होमस्टे प्रालिका सञ्चालक भीम शेरचनले म्याग्दीका पर्यटकीयस्थलको प्रवद्र्धन, विकास, सुशासन र परोपकारी क्षेत्रमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चारमाध्यमलाई विनियोजन गरेका बजेट स्थानीय सञ्चारमाध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।

यसैगरी, संस्थामा आबद्ध पत्रकारहरुको स्वास्थ्य बीमा गरेको छ । समस्यामा परेका पत्रकारहरुलाई आपत्कालिक कोषको ब्याजबाट नगद सहयोग गरेको छ । अधिवेशनले कमल खत्रीको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, स्थानीय सञ्चारमाध्यमको सबलीकरण र पर्यटन प्रवद्र्धनसम्बन्धी छ बुदे टोड्के घोषणापत्रसमेत जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन