सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘नेपालमा गाँजा’ पुस्तक सार्वजनिक

२०७८ मंग्सिर २५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ । नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरआपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकुन् भन्ने उद्देश्यले प्रकाशन गरिएको सो पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गर्नुभयो ।

विश्व हिन्दू युवासङ्घले यहाँ आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको सो पुस्तकमा नेपाल र विश्वमा गाँजाको अवस्था, गाँजाको औषधीय उपयोग र गाँजासम्बन्धी ऐन÷कानुन, नीति नियम, विधेयकका बारेमा चर्चा गरिएको छ । विश्व हिन्दू युवासङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाहले गाँजा व्यवसायले नेपालमा रोजगारी सिर्जना गर्ने बताउँदै सरकारले गाँजा आयोग गठन गरेर गाँजाको उपयोगिताबारे देशभित्र बहस नै सञ्चालन गर्नुपर्ने माग गर्नुभयो ।

विगत १५ वर्षयता क्यानडामा खाद्य तथा औषधिविज्ञका रूपमा कार्यरत लेखक घिमिरे गाँजा, हर्बल र हिलिङ फुडको विकासका लागि नवप्रवर्तन विषयमा लेख्दै आउनुभएको छ । सरकारका पूर्वसचिव उपाध्यायले खासगरी गाँजाको आयुर्वेदिक महत्व र उपयोगिताबारे सकारात्मक सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन