सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ सार्वजनिक

२०७८ मंग्सिर २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कानून विषयको उच्च शिक्षामा स्थापित चक्रवर्ती हबी एजुकेशन एकेडेमीका प्रमुख देवेन्द्रबहादुर भण्डारीको जीवनी र संस्मरणमा आधारित ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ को विमोचन भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजको १२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख भण्डारीले दुई हजार ६०० पृष्ठको उक्त बृहत् पुस्तकको ‘प्रि–लञ्च’ गर्नुभएको हो । नेपाल प्रहरीको हवल्दार हुँदै प्रहरी निरीक्षकबाट अवकाशपछि क्याम्पसको अध्यक्ष भण्डारीको सो कृतिमा कलेजका प्रशासकीय प्रमुख विमला हुमागाईंको छाया लेखन रहेको छ ।

चार वर्षमा तयार गरिएको सो कृतिका लेखक भण्डारीले आफूले बाल्यकालदेखि हालसम्मका सुःख, दुःख र छ दसकका अनुभवलाई समेटेको बताउँदै यस पुस्तकले दक्षिण एसियाली समाजको एक प्रकारको मनस्थितिलाई प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले आफ्नो कलेज कानूनी अध्ययनका क्षेत्रमै उत्कृष्ट रहेको जनाउनुभयो ।

पुस्तकको प्रकाशन मदन–विष्णुमाया इन्टरनेशनल एकेडेमीले गरेको हो । पुस्तकबारे समीक्षा गर्दै घोष्ट राइटिङ एशोसिएशनका सञ्चालक कमल ढकालले पुस्तकले मानवीय संवेदना र सङ्घर्षशील जीवनका विविध आयामलाई उजागर गरेको बताउनुभयो ।

कार्यक्रममा कलेजका सल्लाहकार प्रा डा लक्ष्मणप्रसाद उपाध्याय र प्रा डा श्यामकान्त सिलवाललाई अभिनन्दन तथा कलेजका शिक्षकलाई सम्मान गरिएको थियो भने विभिन्न प्रतियोगिता र वार्षिक बोर्ड परीक्षामा उत्कृष्ट एलएलएम र बिए एलएलबी तहका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो । सो अवसरमा विभिन्न तहका विद्यार्थीले नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन