सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

२४ स्रष्टालाई नातिकाजी राष्ट्रिय सम्मान र पुरस्कार घोषणा

२०७८ पुष ४, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार दिइने भएको छ । नातिकाजी स्मृति समाजको शुक्रबार बसेको बैठकले २४ जनालाई सम्मान र पुरस्कृत गर्ने निर्णय गरेको हो ।

नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान गायन विधामा नुपुर बनर्जी भट्टाचार्यलाई दिइनेछ । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान बिबी थापा (रचना), नारयाणदास कार्की ढली (वाद्यवादन), शिला पन्त (रचना), सीताराम पोखरेल (गायन/रचना), प्रदीप उपाध्याय (साउन्ड इन्जिनियर), कुन्ती मोक्तान (गायन), प्रभु ढकाल (शास्त्रीय संगीत), हरिभक्त बुढाथोकी (रचना), राजकुमार श्रेष्ठ (अर्केस्ट्रा/संगीत), शीतल कादम्बिनी (रचना) र सहदेव ढुंगाना (रचना) लाई प्रदान गरिने भएको छ ।

यसैगरी, नातिकाजी राष्ट्रिय संगीत पुरस्कार अरुण तिवारी (रचना), सन्तोष श्रेष्ठ (संगीत), निशा देसार (गायन) र शिव परियार (गायन) लाई प्रदान गरिने भएको छ । नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार डिपी दाहाल (रचना), अर्जुन पोखरेल (संगीत), सिन्धु मल्ल (गायन), अजर जंगम (गायन) तथा नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार अमृतहिरा तुलाधर योगी (सितार) लाई प्रदान गरिने समाजले जनाएको छ ।

नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार एलिस कार्की ढली, नातिकाजी राष्ट्रिय लोकसंगीत पुरस्कार कृष्ण कँडेल तथा नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार दिवाकर मैनाली र विजयरत्न तुलाधरलाई दिइने भएको छ । संगीतकार नातिकाजीको ९७औँ जन्मदिनको अवसर पारेर सम्मान र पुरस्कार घोषणा गरिएको समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए । सम्मान र पुरस्कार राष्ट्रपतिले प्रदान गर्ने उनले बताए ।

यस्तै, नातिकाजी स्मृति समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको अध्यक्षमा संगीतकार बास्कोटा, उपाध्यक्षमा नरेन्द्र खड्का, विश्वबल्लभ भट्टराई र दीपक श्रेष्ठ, सचिव राजाराम फुयाँल, कोषाध्यक्ष प्रदीप गुरागाईं सदस्यहरूमा रत्न श्रेष्ठ, डा. घनश्याम खतिवडा, मनोहर सुनाम, रीता महर्जन, पदेन सदस्यमा काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्धकुमार डंगोल, अन्तर्राष्ट्रिय संयोजक प्रेमबहादुर श्रेष्ठ छन् । नयाँपत्रिका दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन