काठमाण्डौः नेपाल प्रज्ञा–प्रतिष्ठानले वरिष्ठ कवि तथा गजलकार बुँद रानालाई प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गरेका भैरहवाका रानालाई मङ्सिर २४ गते बसेको प्राज्ञ परिषद्को ३८ औं बैठकले पुस १ गतेदेखि लागू हुने गरी आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमुम्बुले बताए ।
लुमुम्बुका अनुसार बैठकले सोही मितिदेखि रानालाई आजीवन सदस्यले पाउने नियमानुसारको मासिक आजीवन भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कान्तिपुर
