सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राजु अधिकारीको उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित

२०७८ पुष १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोश्रो उपन्यास ‘धुवाँको तस्बिर’ प्रकाशित भएको छ ।

विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र रहस्यमा आधारित छ। विगत दुई वर्ष भन्दा बढी समय देखि नेपालमा इ-बुकहरूको प्रकाशन, बिक्री वितरण र प्रवर्धन गरिरहेको थुप्रै प्रकाशनले यो उपन्यास पनि इ-बुक को रुपमा बजारमा ल्याएको हो ।

यो उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।

उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ। उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ ।

उपन्यास थुप्रै डट कम को वेबसाइट र मोबाइल एपमा इ-बुकको रुपमा संसारभरी उपलब्ध रहेको प्रकाशकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

साहित्यका पारखी बालकृष्ण

‘जून ओर्लेको रात’ बजारमा

अविरल जनसाहित्य यात्रामा पौडेलका कविता

तीन स्रष्टालाई ‘वानीरा पुरस्कार’

कार्यकारी अध्यक्षद्वारा लिखित ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक

केदार पोखरेलको कविता सङ्ग्रह ‘मान्छे मार्ने तलाउ’को लोकार्पण

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

चैत १७ गते बृहत् ‘साङ्गीतिक गजल गुञ्जन’

एक हजार एक सय वढी पृष्ठको संग्रहणीय पुस्तक सार्वजनिक

सहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन

‘देय् नइगु बाखं’ सार्वजनिक

‘नदीको राजमार्ग’माथि परिचर्चा