काठमाडौंः मनोहरा साहित्य समाजको ६६औं मासिक शृङ्खला सम्पन्न भएकाे छ । समाजका संयोजक डिल्लीराज अर्यालको सभापतित्त्व, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरेको प्रमुख आतिथ्यमा आज शनिबार कार्यक्रम सम्पन्न भएको हाे ।
सभापति अर्यालको कार्यक्रममा स्रष्टाहरूको स्वागत तथा रचनावाचनबाट कार्यक्रम प्रारम्भ भएको थियाे । सो कार्यक्रमलाई समाजका संस्थापक सदस्य शीतल गिरीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा भावकेशर बराल, प्रेमनाथ घिमिरे, भुवन शिवाकोटी, भावना न्यौपाने, सम्पत् काफ्ले, खोलाघरे साहिलो, तारा गाउँले, वेदमणि घिमिरे लगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
प्रमुख अतिथि घिमिरेले रचना वाचनसहित वाचित रचनाकाे बारेमा टिप्पणी गरेका थिए ।
