सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कवितासङ्ग्रह ‘चिबेचरा’ सार्वजनिक

२०७८ पुष १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः युवा कवि केशव सिलवालको नयाँ कविताकृति ‘चिबेचरा’ आज सार्वजनिक भएको छ । ‘उन्मुक्त पुस्ता’द्वारा आयोजित कार्यक्रममा कवि विमल निभा, जनगायक माइला लामा, स्रष्टाहरू धनकुमारी सुनार र उज्ज्वल प्रसाईँले संयुक्तरूपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । वक्ताहरूले पुस्तकबारे समीक्षा गर्दै ‘चिबेचरा’ समाजमा सीमान्तकृत र पछाडि पारिएका वर्गका पक्षमा लेखिएको बिम्बात्मक कविताको सङ्कलन भएको बताउनुभयो ।

कार्यक्रममा मुक्तान थेवे, छम गुरुङ, सङ्गीता उराव, केवल बिनाबीले कृतिभित्रका कविता वाचन गर्नुभएको थियो । प्रगतिवादी खेमाका सशक्त कवि सिलवालको यसअघि ‘वर्जित अवशेष’, ‘धारिला मान्छेहरू’ कविता सङ्ग्रह प्रकाशन भइसकेको छ । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक ललितपुर निवासी सिलवाल अखिल नेपाल लेखक सङ्घ, प्रगतिशील लेखक सङ्घ, नागार्जुन साहित्यिक प्रतिष्ठानलगायत संस्थामा पनि आवद्ध हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन