सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘कलाशिरोमणि : केशव दुवाडी’ लोकार्पित

२०७८ पुष १८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाली नोटको ढाँचा निर्माण गर्ने कला इतिहासका मूर्धन्य व्यक्ति केशव दुवाडीको व्यक्तित्व र कृतित्वबारे लेखिएको पुस्तक ‘कलाशिरोमणिः केशव दुवाडी’ को आज एक समारोहका बीच विमोचन गरिएको छ ।

केशव दुवाडी स्मृति प्रतिष्ठानद्वारा आयोजित समारोहमा संस्कृतिविद् सत्यमोहन जोशी र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुस्तक विमोचन गर्नुभएको हो । विसं १९७८ मा जन्मिनुभएका दुवाडीको विसं २०५३ मा देहावसान भएको थियो । आज परेको उहाँको २५औँ स्मृति दिवसका अवसरमा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

समारोहमा सञ्चारमन्त्री कार्कीले दुवाडीले नेपाली कलाको विकासमा गरेको योगदानको प्रशंसा गर्नुभयो । उहाँले दुवाडीको सपना पूरा गर्न र उहाँले कलामार्फत मुलुकलाई पु¥याएको योगदान भावी पूस्तामा पु¥याउन कलाकारलाई सुझाव पनि दिनुभयो । उहाँले सरकारका तर्फबाट दवाडीलाई उचित सम्मान दिने आश्वासन दिनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले अग्रज कलाकार दुवाडीको योगदान अविश्मरणीय रहेको उल्लेख गर्दै प्रतिष्ठानले पनि उहाँको सम्मानमा पुस्तक निकालने जानकारी दिनुभयो ।

संस्कृतिविद् सत्यमोहन जोशीले नेपाली नोट डिजाइको समयमा दुवाडीसँग सँगसँगै काम गरेको स्मरण गर्दै उहाँको योगदान ओझेलमा परेको सुनाउनुभयो । विधि पु¥याएर चित्रकलाको सुरुआत गर्ने दुवाडी मेमेरेटिभ चित्रकला परम्परा थालनी गर्ने कलाकार भएको उल्लेख गर्दै जोशीले उहाँलाई राज्यले उचित सम्मान दिनुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी दमनाथ ढुङ्गानाले देश निर्माणमा योगदान गर्ने राष्ट्रका सपुतलाई उनकै परिवारबाट स्थापित प्रतिष्ठानमार्फत सम्झनुपर्ने विडम्बना नेपालमा रहेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले कलामार्फत मुलुकको शीर उँचो बनाउने कलाकारको एउटा हुलाक टिकटसमेत ननिस्किनु दुखद् हो भन्नुभयो ।

पुस्तकका लेखक प्रा कृष्णप्रसाद दाहालले नेपाली कला इतिहास निर्माण गर्ने दुवाडी ललितकला विधाका प्रथम स्नातकोत्तर व्यक्ति भएको जानकारी दिनुभयो । उहाँका अनुसार दुवाडी हाल चलनचल्तीमा रहेको नेपाली नोटका डिजाइनर हुनुहुन्थ्यो । उहाँसँगै जोशी र लैनसिंह वाङ्देलको टोलीले नोटको डिजाइन गरेको थियो । दुवाडीले चलाएको कुचीले रङ् भरेर नोट तयार भएको र हाल राजाको तस्वीर हटाइए पनि नोटको डिजाइन पुरानै चलनचल्तीमा रहेको बताउनुभयो ।

पत्रपत्रिकामा आवरण चित्रको थालनी पनि दवाडीले नै गर्नुभएको थियो । जुद्धकला पाठशालाका प्रथम प्राधानाध्यापक दुवाडी ललितकला क्याम्पसका पनि प्रथम प्राचार्य हुनुहुन्थ्यो । यी विविध आयाम समेटेर पुस्तक प्रकाशन गरिएको बताउँदै प्रतिष्ठानका अध्यक्ष प्रदीपकुमार दुवाडीले कलाकारलाई राज्यस्तरबाट अवमूल्यान भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको कला इतिहासलाई फराकिलो पार्नुभएको छ तर राज्यका तर्फबाट एउटा हुलाक टिकट पनि प्रकाशन नहुनु दुखद् छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन