सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चौधरीका दुई कृति लोकार्पण

२०७८ पुष २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साहित्यकार वसन्त चौधरीका दुई कृति ‘तिमीविनाको म’ र ‘अनेक पल और मैं’ लोकार्पण भएको छ । श्री लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा आज यहाँ आयोजना भएको कार्यक्रममा नेपाली भाषामा लेखिएको ‘तिमीविनाको म’ कविता सङ्ग्रह र हिन्दी भाषामा लेखिएको ‘अनेक पल और मैं’ कविता सङ्ग्रह प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र कवि तुल्सी दिवसले लोकार्पण गर्नुभएको हो ।

प्रतिष्ठानका कुलपति उप्रेतीले जीवनका अनेक भावनालाई विभिन्न भाषामा कृतिमार्फत समेट्न चौधरीको ठूलो सफलता रहेको भन्दै आगामी दिनका लागि पनि शुभकामना दिनुभयो । कवि दिवसले राम्रा कवितामा उचाइ, गहिराइ र फैलावट हुनुपर्ने र यो चौधरीको कविता सङ्ग्रह ‘मितीविनाको म’ पढेपछि प्राप्त हुने भन्दै उक्त कविता सङ्ग्रह नेपाली कविता सङ्ग्रहमध्येको एक उत्कृष्ट रहेको बताउनुभयो ।

कार्यक्रममा मुम्बई विश्वविद्यालयका हिन्दी भाषा विभाग प्रमुख करूणा शङ्करले प्राकृतिक वैभवले सम्पन्न देश नेपालको प्राकृतिक सौन्दर्यबाट पे्ररणा नलिने को होला भन्दै यसको अदभूत आनन्दको स्वाद चौधरीको कृतिमा पाइने बताउनुभयो । सो अवसरमा सर्जक चौधरीले आफ्नो अनेक कर्ममध्ये मनलाई शान्ति र आनन्द दिने साहित्य र सिर्जना रहेकाले जीवनको अन्तिम घडीसम्म पनि यस क्षेत्रमा कलम चलाइरहने बताउनुभयो ।

सर्जक चौधरीका कृति ‘अनेक पल और में’ हिन्दी कविता सङ्ग्रहले हालै भारतमा आयोजित साहित्य सम्मेलनमा ‘बुक अफ इयर’ को उपाधि जितिसकेको छ । चौधरीका यसअघि ‘राष्ट्रियता नदुखोस’, ‘संवाद’, ‘मेरा डायरीका पानाहरु’, ‘मेघा’, ‘मेरा कविता’, ‘जीवन मन्त्र’, ‘वसन्त’, ‘आँसुओं की सियाही से’, ‘वक्त रुकता नही’ कृति प्रकाशित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन