सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थारु गीत ‘ओ सजन’को सिक्वेलमा पल र कविताको लभ क्यामेस्ट्री (भिडियो सहित)

२०७८ पुष २७, मंगलबार

काठमाडौंः युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ । पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ ।

थारु भाषामा प्रेमी/प्रेमिकालाई ‘ओ सजन’ भनेर सम्बोधन गर्ने गरिन्छ । गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्धय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन् ।

रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाह फिचर्ड छन् । गीतमा उनी र मधेशी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ । गीतको शब्द र संगीत पनि नरेश जोगीकै हो । गीतमा सहकलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुर, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन् ।

गीतको भिडियोमा विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन् । ‘ओ सिजनको पहिलो भागलाई धेरै मन पराएपछि दोस्रो भाग ल्याएका हौं,’ थारु गायक जोगीले भने, ‘अब यसलाई सिनेमाकै स्वरुप दिने विषयमा पनि छलफल भइरहेको छ । पल र कविताजी पनि यसमा सकारात्मक हुनुहुन्छ । छिट्टै सार्वजनिक गर्नेछौं ।’

भिडियोमा हेर्नुहोसः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

अनन्या पाण्डेले सानो कपडा लगाएपछि हिँड्नै भयो अप्ठ्यारो, उडाए ट्रोलहरूले

‘नागिन’मा जोडिँदै ‘कोमलिका’

कहिल्यै नफाट्ने माया… ‘तिमीलाई नै’

रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

सरोगेसीबाट आमा बनिन् प्रियंका

म्युजिक भिडियो सार्वजनिक

लगनगाँठो कस्ने सुरसार गर्दै रेखा थापा

कोरोना संक्रमण बढेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड

‘भतभती पोल्छ’ सार्वजनिक

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण