सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

श्रद्धार्पण गर्ने अवसर मिलाएकामा राष्ट्रपतिद्वारा धन्यवाद

२०७८ पुष २७, मंगलबार

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह र अभियानका वीरयोद्धा काजी कालु पाँडेप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर मिलाएकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सो अवसर मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका शालिकमा पुष्पहार अर्पण गर्नुभएको थियो ।

उहाँले आजै चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाभाव प्रकट गर्नुभएको थियो ।

उहाँले त्यसअवसरमा चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोक क्षेत्रमा निर्माण भएका संरचनाहरुको अवलोकन पनि गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सार्वजनिक सवारीमा लागु भएको जोर-बिजोर प्रणाली हटाउने प्रसासनको निर्णय (पूर्णपाठ)

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एकघण्टा गोप्यवार्ता

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिकः १८ सिटमा सत्तागठबन्धन १ सिट एमाले बिजयी (नामावलीसहित)

राष्ट्रियसभा सदस्य निर्वाचन: बिहान ९ बजेदेखि मतदान

स्थानीय तहको निर्वाचन मिति चाँडै तोक्न आयोगको आग्रह

सत्ता गठबन्धनद्वारा संयुक्त अपिल

आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने प्रधानमन्त्री देउवाको अनुमान

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

राष्ट्रियसभा निर्वाचनमा २१ बुँदे मापदण्ड अनिवार्य पालना गर्न आयोगको आग्रह (सूचीसहित)

विद्यार्थीलाई खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने सीसीएमसीसीकाे निर्णय

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने