सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

न्यु डायमन्डविरुद्ध एपीएफको संघर्षपूर्ण जित

२०७८ पुष २८, बुधबार

काठमाडौंः पोखरामा जारी टाइगर कपमा बुधबार महिलातर्फ विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबले जित निकालेका छन् ।

दिनको सुरुआती खेलमा पुलिसले आयोजक टाइगर ग्रुप अफ पोखरालाई सोझो सेटमा पराजित गर्‍याे । उषा भण्डारी, मनिषा चौधरी, कामना विष्टलगायत खेलाडीको उत्कृष्ट प्रदर्शनसँगै पुलिसले खेल २५-२०, २५-१७, २५-२२ जित्यो । प्रतियोगितामा पुलिसको पहिलो जित हो ।

पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बलको एपीएफसँग ३-१ को सेटमा पराजित भएको थियो ।

बुधबार नै भएको दोस्रो खेलमा एपीएफले न्यु डाइमन्डविरुद्ध ३-२ सेटको संघर्षपूर्ण जित निकाल्यो । राष्ट्रिय तथा युवा खेलाडीले भरिएका दुवै टोलीको खेल रोमाञ्चक अवस्थामा पुगेको थियो ।

पहिलो सेट न्यु डायमन्डले २५-२१ ले जित्यो । दोस्रो सेट एपीएफले २५-२१ ले जित्दा खेल १-१ को बराबरीमा अगाडि बढ्यो । तेस्रो सेट पुनः न्यु डायमन्डले २५-१० ले आफ्नो पक्षमा पार्‍याे । २-१ सेटले पछि परेको एपीएफले आक्रामक खेल प्रदर्शन गर्दै चौथो र निर्णायक सेट क्रमशः २५-१२ र १५-८ ले जित्यो ।

जितसँगै एपीएफले दुई अंक पायो भने न्यु डायमन्डले एक अंक प्राप्त गरेकाे छ । प्रतियोगितामा न्यु डायमन्डको पहिलो हार हो ।

जितसँगै न्यु डायमन्ड तीन खेलबाट सात अंक जोडेर शीर्षस्थानमा छ । तीन खेलबाट एपीएफ पाँच अंकसहित दोस्रो स्थानमा छ । आर्मी र पुलिसँग समान तीन अंक रहेको छ । लगातार दुई हारपछि आयोजक अंकविहीन रहेको छ ।

आजै भएको पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपालले विभागीय आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्‍याे । तीन भारतीय खेलाडी कोर्टमा उतारेको हेल्प नेपालले राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको आर्मीविरुद्ध सहज जित पायो । अहिले अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी एपीएफ र नेपाल पुलिस प्रतिस्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आहा रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

अस्ट्रेलियन ओपनः नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

नयाँ वर्गीकरण क्रिकेट खेलाडीको सार्वजनिक, यस्तो छ सूची

डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम

क्यानले गर्यो क्रिकेट खेलाडीको बर्गीकरण, सन्दीपसहित पाँच जना ग्रेड ए मा

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ मस्र्याङ्दी आहा ! रारा गोल्डकपको फाइनलमा

मौरिसससँगको खेलमा जित हात पारेको श्रेय खेलाडीलाई जाने : मुख्य प्रशिक्षक

कतार विश्वकप-२०२२ः एसिया छनोटको तेस्रो चरणका ६ खेल आज हुँदै

मैत्री खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

२०औं आहा रारा गोल्डकपः मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा