सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘टाइगर कप’ भलिबल : पुलिस क्लब अपराजित

२०७८ पुष २८, बुधबार

काठमाण्डौः पोखरा रङ्गशालामा जारी दोस्रो संस्करणको ‘टाइगर कप’ आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । टाइगर गु्रप अफ पोखराको आयोजनामा यही पुस २६ गतेदेखि पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भएको प्रतियोगितामा आज पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दे फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

पुलिसले एपिएफमाथि २५–२१, २३–२५, २५–२३ र २५–१९ अङ्कको जीत निकाल्न सफल भएको छ । जीतसँगै अपराजित रहेको पुलिसले तीन खेलबाट आठ अङ्क जोड्न सफल भयो भने एपिएफले लगातार तेस्रो खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । यसैगरी आज सम्पन्न पुरुषतर्फको अर्को खेलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले विभागीय त्रिभुवन आर्मी क्लबमाथि ३–० को सोझो सेटमा विजयी हुँदै प्रतियोगितामा पहिलो जीत निकालेको छ । हेल्प नेपालले आर्मीलाई २५–१५, २५–२१ र २५–२२ अङ्कको सोझो सेटमा पराजित गरेको थियो ।

महिलातर्फ विभागीय क्लब नेपाल एपिएफले प्रतियोगितामा उत्कृष्टरुपमा अघि बढेको होवाङ्न्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि ३–२ को जीत दर्ता गरेको छ । एपिएफले २१–२५, २५–२१, १०–२५, २५–१२ र १५–८ अङ्कको जीत निकालेको हो । जीतसँगै एपिएफको दुई खेलबाट पाँच अङ्क छ भने न्यू डायमन्डले आफ्ना तीन खेलबाट सात अङ्क जोडेर शीर्ष स्थानमा कायम रहेको प्रतियोगिताका प्राविधिक संयोजक तहल सिंह थापामगरले जानकारी दिनुभयो ।

महिलातर्फको अर्काे खेलमा नेपाल पुलिस क्लबले आयोजक टाइगर ग्रुप अफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले टाइगरलाई २५–२०, २५–१७ र २५–२२ अङ्कले पराजित गरेको हो । माघ १ गतेसम्म राउण्ड रोविन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आहा रारा गोल्डकप : इतिहास रच्ने दाउमा मनाङ र एपीएफ

विश्वकप ग्लोबल छनोटको उद्घाटन खेल नेपाल र ओमनबीच हुने

अस्ट्रेलियन ओपनः नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

नयाँ वर्गीकरण क्रिकेट खेलाडीको सार्वजनिक, यस्तो छ सूची

डि मारिया र मार्टिनेजको गोलमा अर्जेन्टिनाको जित

इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम

क्यानले गर्यो क्रिकेट खेलाडीको बर्गीकरण, सन्दीपसहित पाँच जना ग्रेड ए मा

आर्मीलाई टाइब्रेकरमा हराउँदै मनाङ मस्र्याङ्दी आहा ! रारा गोल्डकपको फाइनलमा

मौरिसससँगको खेलमा जित हात पारेको श्रेय खेलाडीलाई जाने : मुख्य प्रशिक्षक

कतार विश्वकप-२०२२ः एसिया छनोटको तेस्रो चरणका ६ खेल आज हुँदै

मैत्री खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

२०औं आहा रारा गोल्डकपः मछिन्द्रलाई हराउँदै एपीएफ फाइनलमा