सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

घरको नक्सा अनलाइनबाटै दर्ता

२०७८ पुष २९, बिहिबार

काठमाण्डौः जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो ।

अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताउनुभयो । सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक र चुस्त बनाउन घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रियाले प्रभावकारी भूमिका खेल्ने नगरप्रमुख पुनले बताउनुभयो ।

यसअघि यही पुस ५ गते नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) बीच भएको सहमति अनुरुप एनसेटले घर नक्सा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको पुनले बताउनुभयो । सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इन्जिनियर कपिल भट्टराईले घरनक्सा कार्यान्वयनको आवश्यकता र औचित्यबारे प्रष्ट्याउनुभएको थियो । उहाँले घरमै बसेर अथवा इन्टरनेटको सुविधा भएको जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत घरको नक्सा दर्ता तथा स्वीकृतको अनुमतिको काम हुने भन्दै प्रक्रियाबारे बताउनुभएको थियो ।

घर नक्सा पास अनलाइनबाटै हुने भएपछि घर नक्सा पास गर्न आउने सेवाग्राहीले फाइल बोक्दै हिड्नु पर्ने झन्झटको अन्त्य भएको भन्दै इन्जिनियर भट्टराईले अब सेवाग्राहीले घरमै बसेर आफ्नो काम भए नभएको समेत थाहा पाउनेसमेत जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख प्रेमशङ्कर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, कावासोती–१ का वडाध्यक्ष नारायण पन्तलगायतले अनलाइन सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राङ्क भिडियोसम्बन्धी गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासंघको आपत्ति

आजदेखि क्यूआर सहितको कोभिड खोप कार्ड र अनलाइन आवेदन नागरिक एपबाटै

मोबाइलमा कभर राख्नुभन्दा नराख्नुमा अझ धेरै फाइदा

स्मार्टफोनबाट यसरी शेयर गर्नुहोस् वाई-फाईको पासवर्ड

ई-सेवा १४ औँ वर्षमा, यसरी बन्यो देशकै ‘नम्बर वान’ डिजिटल वालेट

आउँदो महिना सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस२२, कस्ता होलान् फिचर ?

कोशी पुलदेखि मेचीपुलसम्म सिसी क्यामेरा जडान गरिदै

भिभोको सबैभन्दा सस्तो फोनको मुल्य कति, यस्तो छ विभिन्न मोडलको मूल्य (सूची सहित)

अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

पोखरा विश्वविद्यालयको लापरबाही, आधिकारिक वेबसाइटबाटै फैलाइयो भ्रामक सूचना

टूजीमा छ सुरक्षा कमजोरी, यसरी गर्नुहोस् डिसेबल

राष्ट्रिय परिचयपत्रका लागि ५४ लाख नेपालीको विवरण संकलन