सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गुगल क्रोम ब्राउजरमा बिर्सिएर पनि नगर्नुहोस् यस्ता गल्ती

२०७८ पुष २९, बिहिबार

काठमाडौंः वर्तमान समयमा विश्वभर सबैभन्दा बढी प्रयोग हुने वेब ब्राउजर हो गुगल क्रोम । अक्सर गुगल क्रोममा बारम्बार लग-इन गर्ने झन्झट कम गर्न जिमेल सहितका सर्भिसको लग-इन तथा पासवर्ड सेभ गर्ने गरिन्छ ।

तर यसो गर्नु खतरनाक सावित हुनसक्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार गुगल क्रोम ब्राउजरमा आफ्ना संवेदनशील जानकारी सेभ गर्नु हुँदैन । किनकि यसबाट ह्याकिङ समेत हुनसक्छ । साइबर सुरक्षा सम्बन्धी विज्ञ कम्पनी एएचएन ल्याबको रिपोर्टमा उल्लेख भए अनुसार हालै मात्र ‘रेड लाइन स्टिलर’ मालवेयर पहिचान भएको छ । जसले गुगल क्रोममा सेभ गरिएका लग-इन आईडी तथा पासवर्ड चोरी गर्ने काम गर्दछ । यो मालवेयरको सहयोगमा ह्याकरहरूले तपाईंको व्यक्तिगत तथा गोप्य विवरण आफ्नो नियन्त्रणमा लिने गर्दछन् ।

साथै, यसबाट तपाईंको बैंक खाता समेत खाली हुन सक्छ । यसका साथै व्यक्तिगत जानकारी हातमा लिएर ब्ल्याकमेल गरी रकम माग गर्ने प्रवृत्ति समेत देखा पर्दै गएको छ । एएचएन ल्याबको उक्त रिपोर्टले यो मालवेयर निकै खतरनाक रहेको उल्लेख गरेको छ । सबैभन्दा चिन्ताको विषय त यो छ कि यो मालवेयरलाई कुनै पनि एन्टिभाइरसले रोक्न सक्दैन ।

यस्ता ह्याकरबाट जोगिने कसरी ?

१. गुगल क्रोम ब्राउजरमा कुनै पनि पासवर्ड सेभ नगर्नुहोस् ।

२. समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने बानी बसाल्नुहोस् ।

३. सधैँजसो सुरक्षित तथा आधिकारिक वेबसाइटको प्रयोग गर्नुहोस् ।

४. ई-मेल, म्यासेज अथवा ह्वाट्सएपमा आउने कुनै पनि अपरिचित लिङ्कमा क्लिक नगर्नुहोस् ।

५. महत्त्वपूर्ण जानकारी, व्यक्तिगत डेटा तथा अन्य जरुरी फाइल बिना प्रोटेक्सन सेभ गरेर नराख्नुहोस् ।टेकपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राङ्क भिडियोसम्बन्धी गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासंघको आपत्ति

आजदेखि क्यूआर सहितको कोभिड खोप कार्ड र अनलाइन आवेदन नागरिक एपबाटै

मोबाइलमा कभर राख्नुभन्दा नराख्नुमा अझ धेरै फाइदा

स्मार्टफोनबाट यसरी शेयर गर्नुहोस् वाई-फाईको पासवर्ड

ई-सेवा १४ औँ वर्षमा, यसरी बन्यो देशकै ‘नम्बर वान’ डिजिटल वालेट

आउँदो महिना सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस२२, कस्ता होलान् फिचर ?

कोशी पुलदेखि मेचीपुलसम्म सिसी क्यामेरा जडान गरिदै

भिभोको सबैभन्दा सस्तो फोनको मुल्य कति, यस्तो छ विभिन्न मोडलको मूल्य (सूची सहित)

अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

पोखरा विश्वविद्यालयको लापरबाही, आधिकारिक वेबसाइटबाटै फैलाइयो भ्रामक सूचना

टूजीमा छ सुरक्षा कमजोरी, यसरी गर्नुहोस् डिसेबल

राष्ट्रिय परिचयपत्रका लागि ५४ लाख नेपालीको विवरण संकलन