सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाह्रवर्षे मेलाका लागि सिङ्गारियो पनौती

२०७८ पुष २९, बिहिबार

काठमाणडौः काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाट क्षेत्र हिजोआज सबैजनाको गन्तव्य बनेको छ । त्यहाँ रहेका मन्दिर, खोला, पाटीपौवा र धर्मस्थलमा ङगरोगन तथा सरसफाइ मात्रै होइन, अन्य भौतिक पूर्वाधारसमेत निर्माण गरिएपछि पनौती आसपासका सर्वसाधारण त्रिवेणीघाटको फेरिएको रुप हेर्न जाने गरेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेला यसवर्ष परेको छ । सो अवसरमा पनौती नगरपालिकाले भक्तजन र दशर्नार्थीको सहजतालाई ध्यानमा राखी पनौती त्रिवेणीघाटस्थलको भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम गरिरहेको छ । सो स्थल यतिबेला बेहुली झैं सिङगारिएको छ । बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ ।

पनौती घुम्न पुगेका रामेछाप सदरमुकाम मन्थलीका कृष्ण श्रेष्ठले विगतको मेलामा भन्दा यस पटक धेरै व्यवस्थित गरिएको पाएको बताउनुभयो । “पहिला शौचालय र बाटोघाटोको समस्या थियो”, उहाँले भन्नुभयो, “यसपटक सबैकुरा व्यवस्थित पारिएको छ ।” एक महिना अगाडिदेखि सो क्षेत्रको सरसफाइ, भौतिक पूर्वाधार निर्माण र रङगरोगनको काम अघि बढाइएको वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।

पछिल्लो समय कोरोना सङ्क्रमण पुनःबढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न सचेत गराएको छ । कम सङ्ख्यामा भक्तजनको उपस्थिति गराइ स्नान गरी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । त्रिवेणीघाटमा मेला भर्न छिमेकी देश भारतबाट समेत साधुसन्त आइसकेका छन् । माघ महिनाभर लाग्ने सो मेलामा भारतीय तीर्थालुसमेत आउने गरेका छन् ।

त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत बाहिर फालेर पिउनयोग्य तथा स्नान गर्न मिल्ने बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संस्कृति, संस्कृतिलाई प्रभाव पार्ने तत्त्व र सांस्कृतिक विविधता व्यवस्थापन

तपाईंको धर्म के हो ?

बालकुमारीको मूर्तिखोज्न पाँच सदस्यीय अनुसन्धान टोली

‘विश्व सम्पदा’मा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णय कुर्दै पनौती

लोक भजन संरक्षण अभियान सुरु

हलेसी मन्दिरको गेटमा तेस्राेपल्ट ताला, पूजाआजामा राेक

सुनाकोठीकाे बालकुमारी मन्दिरबाट तीन सय वर्ष पुरानो मूर्ति चोरी

हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो

सहरमा पहिचानसहितको खाना पस्कँदै थारु युवा

सुप्रसिद्ध त्रिधार्मिक स्थल तपोभूमी हलेसी मन्दिर बन्द

डेढ अर्ब लगानीमा मौलाकालिका मन्दिरमा केबलकार सञ्चालन गरिँदै

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक