सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गैँडाको खाग चोरी निकासी गर्ने फरार प्रतिवादी पक्राउ

२०७८ पुष २९, बिहिबार

काठमाण्डौः गैँडा मारेर खाग चोरी निकासी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको शक्लागण्डकी नगरपालिका–२ कोत्रेबजार बस्ने कमल गुरुङ रहेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार बिहान १ः३० बजे आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट उनलाई पक्राउ गरिएको हो ।

विसं २०७७ भदौ २१ गते निकुञ्जका अमलटारी सेक्टरअन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा माउ र बच्चा गरी दुई गैँडा मारेर खाग तस्कर गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँ र निकुञ्जको संयुक्त टोलीले पक्राउ गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

गैँडा मारी खाग चोरी शिकारी गरी फरार रहेका उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो । सो घटनामा उनीसँगै १३ जना सहभागी रहेको खुल्न आएको भए पनि हालसम्म ११ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई २८ गते नै नवलपुर जिल्ला अदालतमा बुझाइएको सूचना अधिकारी तिवारीले बताउनुभयो । यस मुद्दामा अझै दुई जना फरार रहेको निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ

जुम्लाको खलंगाबाट ४० क्विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ

महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

नक्कली मास्क बिक्री, चार पक्राउ

सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चाँदीका गरगहनासहित दुई पक्राउ

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मुद्दा दायर

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

सात दिनदेखि युवा बेपत्ता

परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

जबर्जस्ती करणी गर्नेलाई अठार वर्ष कैद