सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गौशाला नगरपालिकाले संघीय सरकारको निर्देशन नमान्ने, ४ माघदेखि विद्यालयमा नियमित पठनपाठन

२०७८ पुष २९, बिहिबार

काठमाण्डौंः महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर गरेको छ । कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ । संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि सिक्षण संस्था बन्द नगर्ने निर्णय गरेको हो।

यद्यपि, नगरपालिकाले २८ पुसदेखि ४ माघसम्म वर्षे बिदा कट्टा हुनेगरी जाडो बिदा भने दिएको छ । यसपछि सबै विद्यालय भौतिक उपस्थिति मै खुल्ने नगरपालकिाले जनाएको छ ।

पालिकाले २७ पुसमा सूचना प्रकाशित गरी कोरोना संक्रमण रोक्न स्वास्थ्य मापदण्ड अपनाएर ४ माघपछि विद्यालयहरूमा नियमित पठनपाठन गर्न भनेको छ । ‘विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गरी जोखिमप्रति सचेत हुँदै सम्पूर्ण शिक्षण संस्था खोल्ने निर्णय गरेका हौँ,’ नगरप्रमुख शिवनाथ महतोले भने ।

नगरपालिकाको निर्णयलार्इ शिक्षण संस्थाहरूले समेत स्वागत गरेका छन् । जोखिमलार्इ आकलन गरी सुरक्षित वातावरणमा पठनपाठन गराउने निजी तथा सरकारी विद्यालयहरूले प्रतिबद्धता जनाएका छन् । तर, जिल्लाका अन्य पालिकाले भने केन्द्रको सूचनाको पालना गर्न निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिवि व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त (सूचना सहित)

माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुलाउन सरकारको निर्देशन (विज्ञप्ती)

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

सीटीईभीटी अन्तर्गतका सबै परीक्षा स्थगित

शिक्षामन्त्री पौडेलद्वारा समयमै रिजल्ट निकाल्न त्रिविलाई निर्देशन

सिरहामा प्रशासककै मिलेमतोमा भौतिक उपस्थितिमा पढाइ

दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

यी हुन् शिक्षामन्त्री देवेन्द्र पौडेलका उपलब्धि र प्राथमिकताहरु (पूर्णपाठ)