सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय वैशाखमै

२०७८ पुष ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले ५ वैशाखमा ८ सीमा नाकामा एक÷एक हजार बेडका होल्ङिसेन्टर बनाउने निर्णय गरे पनि सरकारी निर्णयको आठ महिना पूरा हुँदासमेत होल्डिङ सेन्टर निर्माण भने पूरा भएको छैन ।

सरकारले मुलुकका खुला गरिएका १३ सीमा नाकामध्ये धेरै आवतजावत हुने ८ नाकामा होल्डिङ सेन्टर बनाउन नेपाली सेनालाई गत १३ वैशाखमा नै जिम्मा दिएको थियो । जसअनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी भन्सार, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगन्ज र बाँकेको नेपालगन्जमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो ।

तर, निर्णय भएको आठ महिनामा समेत काम पूरा नहुँदा र संक्रमण बढ्दा नाका हुँदै आएकालाई व्यवस्थापन गर्न असहज बनेको हो । निर्माणको जिम्मा पाएको नेपाली सेनाले भने पहिले जग्गा प्राप्तिमा नै समस्या उत्पन्न भएको र पछि वजेट निकासामा ढिलाइ हुँदा समयमा काम सक्न असहज भएको दाबी गरेको छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले निर्णय भएपछि जग्गा खोजिएको र जग्गा प्राप्त भएपछि बजेट समयमा निकासा नहुँदा निर्माण कार्यमा ढिलाइ भएको जानकारी दिएका हुन् । अहिले भने सेनाले थप बजेट माग गरेर निर्माण कम्पनीसँग आपसी समझदारी गर्दै धमाधम निर्माणको काम गरिरहेको छ ।

पछिल्ला केही दिनयता सीमा नाकामा कोरोना परीक्षणका लागि गरिएको एन्टिजेन परीक्षणमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि अधुरा होल्डिङ सेन्टरलाई पूर्णता दिने काम धमाधम भइरहेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले वीरगन्ज नाकामा होल्डिङ सेन्टर निर्माणको काम धमाधम जारी रहेको जानकारी दिए ।

प्रदेश २ को भारततर्फबाट आउने सबैभन्दा ठूलो नाका वीरगन्ज नाका हो । सो नाकामा चार सय बेडको होल्डिङ सेन्टर तयारी हुँदै छ भने थप ६ सय बेडको निर्माण कार्य धमाधम छ । वीरगन्जमा निर्माण कम्पनी हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माणको काम गरिरहेको छ । बुधबार सुदूरपश्चिमका विभिन्न पाँच नाका गड्डाचौकी, झुलाघाट, गौरीफन्टा, पुलघाट र जोलाजिमी नाकामा गरी १ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।-राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केजरीवाल प्रकरण: अमेरिका–भारत मनमुटाव

प्रधानमन्त्रीमाथि संशय

लायकु प्रवेशद्वारमा कंक्रिट प्रयोग भएपछि काम रोक्न पुरातत्वको निर्देशन

नागरिक उन्मुक्तिभित्र फेरी किचलो, सांसद नै दुई कित्तामा

१५ सहकारीको १७ अर्ब अपचलन

भारतसँग ऊर्जा सम्झौता अन्योल, लोडसेडिङको जोखिम

दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

सत्तारूढ दलकै उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने

२३ निर्माण कम्पनी कालोसूचीमा

प्रदेश सरकार फेर्ने कसरत, केन्द्रीय गठबन्धनको हस्तक्षेपले राजनीतिक अस्थिरता

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा