सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शिक्षामन्त्रीकै अगाडि केएमसीका प्रिन्सिपलले विद्यार्थीलाई हप्काए

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः अतिरिक्त शुल्क उठाएर ठगी गरेको विरोधमा उत्रिएका एमबिबिएसका विद्यार्थीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले शिक्षमन्त्री देवेन्द्र पौडेलकै अगाडि हपारेका छन् । बिहीबार अनुगमनका लागि कलेज पुगेका शिक्षामन्त्री पौडेललाई विद्यार्थीले समस्या सुनाउने क्रममा प्रिन्सिपल श्रेष्ठले बीचमै रोकेर हपारेका हुन् ।

मन्त्रीले कुनै त्रासविना समस्या राख्न आग्रह गरेपछि विद्यार्थी बोल्न थालेका थिए । कलेजले अतिरिक्त शुल्क मागेको, होस्टेलको शुल्क धेरै मागेकोलगायत गुनासा सुनाउँदै गर्दा श्रेष्ठले बीचैमा रोकेर प्रमाण देखाउन चुनौती दिँदै धेरै नबोल्न चेतावनी दिएका थिए । केही दिनअघि पहिलोपटक केएमसी अनुगमनमा पुग्दा कलेज पदाधिकारीले बढी शुल्क लिएको पुष्टि गर्न मन्त्री पौडेललाई नै चुनौती दिएका थिए ।

केएमसी र नोबेलका विद्यार्थी झन्डै महिना दिनदेखि आन्दोलनमा छन् । अतिरिक्त शुल्क तथा चर्को होस्टेल शुुल्क तिर्न नमान्ने विद्यार्थीलाई कलेजले पढाइबाट नै वञ्चित बनाएका छन् । नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्थानीय चुनावसँग किन डराइरहेछ गठबन्धन ?

नारायणहिटी संग्रहालय आर्थिक संकटमा

एमालेका पूर्वमाओवादी नेता असन्तुष्ट,सामूहिक राजीनामा दिने मनस्थितिमा

दूतावासका लागि अमेरिकामा ७७ करोड ३७ लाखको भवन खरिदमा अनियमितता

स्थानीय तह निर्वाचन ऐन संशोधन गृहकार्य शुरू

दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक

ह्वात्तै घट्यो चाँदीको आयात बजारमा अभाव हुन थाल्यो : महासंघ

नेपालमा पहिलोपटक अदालतबाट दोषीलाई सजाय निर्धारण

कारबाहीको निर्णय भएपछि बतासले बुझायो पशुपति धर्मशालाको एक करोड भाडा

किन बढेन नेपालको जनसंख्या ?

नेपाल प्रहरी र सशस्त्रमा एआईजी थप्ने कसरत

राष्ट्रिय सभा निर्वाचनः ‘क्लिनस्विप’बाट जोगियो एमाले