सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रमअनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् ।

विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो । उहाँले ल्यापटप कार्यक्रमका लागि वडाध्यक्ष, समाजसेवी तथा व्यवसायीले सहयोग गरेको उल्लेख गर्दै केही नपुग रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यहोरेको जानकारी दिनुभयो ।

उक्त सहयोगबाट शिक्षक खुशी भएको उहाँको भनाइ छ । वडाध्यक्ष एवं सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले महामारीका समयमा पठनपाठन गर्न नसक्ने अवस्थामा पनि पठनपाठनलाई निरन्तर बनाउन शिक्षकलाई ल्यापटप दिइएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिवि व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त (सूचना सहित)

माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुलाउन सरकारको निर्देशन (विज्ञप्ती)

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

सीटीईभीटी अन्तर्गतका सबै परीक्षा स्थगित

शिक्षामन्त्री पौडेलद्वारा समयमै रिजल्ट निकाल्न त्रिविलाई निर्देशन

सिरहामा प्रशासककै मिलेमतोमा भौतिक उपस्थितिमा पढाइ

दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

यी हुन् शिक्षामन्त्री देवेन्द्र पौडेलका उपलब्धि र प्राथमिकताहरु (पूर्णपाठ)