सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पश्चिमी वायुको प्रभाव, यी स्थानमा हल्का वर्षाको सम्भावना

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः पश्चिमी वायुको प्रभावले आज पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, २ तथा सुदूरपश्चिमी प्रदेशमा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने बताइएको छ ।

त्यस्तै माघ १ गते प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सबैमा अनुरोधसमेत गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव छ डिग्री र अधिकतम तापक्रम १६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच दशमलव चार डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २२ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिसो बढेसँगै सिरक डसनाको बिक्री बढ्यो

४० क्विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

खजुरा गाउँपालिकाद्वारा आश्रित परिवारलाई भवन हस्तान्तरण

हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

झापामा बढी जनसङ्ख्या मेचीनगरमा

काठमाडौँको शंखरापुरमा निस्सासिएर दम्पतीको मृत्यु

उदयपुरगढीले गाउँगाउँमा माटो परीक्षण, खुसी भए आलु किसान