सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रिय भूमी सम्बन्धी समस्या समाधान आयोग नुवाकोटको अध्यक्षमा अर्जुन न्यौपानेः आजै शपथ

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौंः राष्ट्रिय भूमी आयोग नुवाकोटको अध्यक्षमा अर्जुन न्यौपाने चयन भएका छन् । नेपाल सरकार मन्त्री परिषदको पौष २९ गतेको निर्णय अनुसार राष्ट्रिय भूमी आयोग नुवाकोटको अध्यक्षमा न्यौपाने नियुक्त भएका हुन् ।

नेपाली कांग्रेस नुवाकोटका महासमिति सदस्य तथा समाजसेवी रहेका अर्जुन प्रसाद न्यौपानेले अध्यक्ष नियुक्त भएलगत्तै सरकारले दिएको टिओआर अनुसार आफुले काम गर्ने बताएका छन् ।

यसअघी भूमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिती नुवाकोटका अध्यक्षमा बिन्दा ढुंगाना चयन भएकी थिइन् । उनको कार्यकालमा पनि दलित भुमीहिन, सुकुम्बासी भुमीहिन र अब्यबस्थथीत बसोबासी छुट्याएर काम गर्न सबै पालीकाहरुलाई पहल गरेकी थिइन्  । नुवाकोटमा विशेष गरि अव्यपस्थित वसोवास मुख्य समस्याको रुपमा देखा परेको छ ।

बिगतका कार्यकालमा पनि हुने अधिकांश बैठकमा नुवाकोटका १२ वटै स्थानिय तहमा पालिकास्तरीय समिति गठन गर्ने निर्णय भएपनि त्यति सकृय हुन नसकेको बताइन्छ । पालिकास्तरमा गठन हुने आयोगको संयोजकमा पालिका प्रमुख संयोजक रहने तथा वडा स्तरमा रहने आयोगमा वडाध्यक्षको नेतृत्व रहने गरेको नुवाकोट चाउथेका स्थानिय ब्यबसायी एवं समाजसेवी कमल प्रसाद ढुङ्गानाले बताए ।

यसअघी नुवाकोटका ककनी गाँउपालीका, लिखु गाँउपालीका , तारकेश्वर गाँउपालीका, सुर्यगढी गाँउपालीका, दुप्चेश्वर गाउपालीका,मेगाङ गाँउपालीका , किस्पाङ, शिवपुरी गाँउपालीका तथा तादी  गाँउपालिका गरी १२ वटै स्थानिय तहले भूमी सम्बन्धी समस्या समाधान आयोग जिल्ला कार्य समिती संग समस्या समाधानको लागी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी लगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी भएकाले आयोग गठन गरेको थियो ।

भूमिहिन नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्न सुनिश्चितताको आधार भए पनि कतिपय भुइँ तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमिसम्बन्धि समस्या निरूपण आवश्यक थियो ।

भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवा र चरुवा, हलिया, भूमिहीन, सुकुम्बासी पहिचान गरी बसोबासका लागि घर र घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयमा सो आयोगले काम गर्ने जनाइएको छ ।

सरकारले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ ख. को उपदफा (६) बमोजिम भूमिसम्बन्धी समस्या समाधान आयोग यसअघि नै गठन गरेको थियो जसको कार्यकाल ३ वर्षको रहेको छ । केन्द्रीय आयोगले नेतृत्व पाएको एक वर्षपछि जिल्लास्थित आयोगले पूर्णता पाएको हो ।

अध्यक्ष नियुक्त भएका न्यौपाने ककनी गाँउपालिका वडा नम्बर ३ नुवाकोटका स्थायी बासिन्दा हुन्। विकाश निर्माणका हरेक कामहरुमा सकृय रहने न्यौपाने भूमी आयोगको जिल्ला अध्यक्ष भएकोमा हाम्रो पनि बधाइ तथा शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री खाँण र बेलायती राजदूत निकोलाबीच भेटवार्ताः गोर्खा सैनिकका मागको सम्बोधन गरिदिन आग्रह

आयोगका उपाध्यक्ष गिरिमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ

प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा भौतिक आक्रमणको प्रयास

मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी (जाहेरी दरखास्त)

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

कोभिड–१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यमकर्मीविरुद्ध मुद्दा (पत्रसहित)

माघ १८ बाट भूमिआयोगले चितवनमा काम गर्ने

राष्ट्रिय युवा सङ्घको साताव्यापी रक्तदान अभियान सुरु