सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

देशभित्रै रोजगारीका अवसर सिर्जना गरिने

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापीरूपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्न स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गरिने बताउनुभएको छ ।

मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवद्र्धनका लागि छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।

श्रेष्ठले उद्यमशीलताको संस्कृति विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नुपर्ने उल्लेख गर्दै बजारको मागबमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताउनुभयो । यस क्षेत्रका व्यहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालालाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उहाँको भनाइ थियो ।

सरकारको मुख्य प्राथमिकता देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउदै उहाँले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालीन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको स्पष्ट गर्नुभयो ।

स्थानीयस्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवद्र्धनमा सङ्घ, प्रदेश र स्थानीय तहबीच आपसमा समन्वय गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री खाँण र बेलायती राजदूत निकोलाबीच भेटवार्ताः गोर्खा सैनिकका मागको सम्बोधन गरिदिन आग्रह

आयोगका उपाध्यक्ष गिरिमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ

प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा भौतिक आक्रमणको प्रयास

मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी (जाहेरी दरखास्त)

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

कोभिड–१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यमकर्मीविरुद्ध मुद्दा (पत्रसहित)

माघ १८ बाट भूमिआयोगले चितवनमा काम गर्ने

राष्ट्रिय युवा सङ्घको साताव्यापी रक्तदान अभियान सुरु