सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बेलायती संसदमा ‘चिनियाँ एजेन्टको उपस्थिति’, सुरक्षा एजेन्सीले दियो चेतावनी

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः बेलायती सुरक्षा एजेन्सी एमआई ५ ले चिनियाँ एजेन्टले बेलायती राजनीतिमा प्रभाव पार्न खोजेको भन्दै चेतावनी जारी गरेको छ।

बेलायती राजनीतिमा हस्तक्षेप गर्नका लागि चिनियाँ एजेन्टले संसदमा प्रवेश गरेको उसको दाबी छ। एमआई ५ ले क्रिस्टिन चिंग कुई लीले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का लागि वर्तमान र भावी सांसदसँग ‘सम्पर्क बढाएको’ दाबी गरेको छ।

सम्पर्क बढाउनुका साथै उनले राजनेतालाई सहयोग दिएकी छन् जसका लागि चीन र हङकङबाट पैसा आउने गरेको एमआई ५ को दाबी रहेको बीबीसीले उल्लेख गरेको छ।

स्रोतका अनुसार एमआई ५ को लामो र महत्त्वपूर्ण जाँचपछि यस्तो बिबरण सार्वजनिक भएको हो।

क्रिस्टिन चिंग कुई लीले लेबर पार्टीका बेरी गार्डनरलाई रकम उपलब्ध गराएकी थिइन्। उनले पाँच वर्षमा चार लाख २० हजार पाउण्ड दिएकी थिइन्। तर आफूले यसबारे सुरक्षा एजेन्सीलाई सधै जानकारी दिने गरेको उल्लेख गरेकी छन्।

लिबरल डेमोक्रेटका नेता सर एड डेवीलाई पाँच हजार पाउण्ड सहयोग गरिएको छ।  तर यो पैसा उनको स्थानीय संघले स्वीकार गरेको थियो र यसका लागि उनी चिन्तित थिए।

गृह मन्त्री प्रीति पटेलले भनिन्, ‘चीनको कम्युनिस्ट पार्टीका लागि’ यस खालको ‘राजनीतिक हस्तक्षेप गर्नु र सांसदलाई निशाना बनाउनु निकै चिन्ताजनक हो।’

क्रिस्टिन चिंग कुई ली क्रिस्टिन ली एन्ड कन्पनी चलाउँछिन्। लीको लण्डन र बर्मिंघममा कार्यालय रहेको छ। उनी लण्डनमा चिनियाँ दूतावासलाई कानूनी सहयोग गर्दै आएकी छन्। उनी चिनियाँ दूतावसको चिफ लिगल एडभाइजर समेत रहेकी छन्। नेपाललाईभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अफगानिस्तानका जनतालाई मानवीय सहायता गर्ने भारतको प्रतिबद्धता

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

रसियाले युक्रेनमा हमला गरे रुसी ग्याँस पाइप लाइन अबरुद्ध गर्ने अमेरिकी चेतावनी

संयुक्त राष्ट्रसंघको अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनप्रति चिन्ता

इयु र बेलायतले रूसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्धको तयारी गर्दै

फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ: बाइडन

अस्ट्रेलियामा १६ देखि १७ वर्षका व्यक्तिलाई पनि बुस्टर डोज दिने तयारी

चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन ,आर्थिक- चीन

कोभिड १९ उच्च सङ्क्रमित नौ देशको सुची