सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

असी वर्ष नाघेकालाई एम्बुलेन्स निःशुल्क

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः आँबुखैरेनी गाउँपालिका कार्यालयले एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । डेढ वर्षअघिदेखिको निरन्तर प्रयासपछि हालै एम्बुलेन्स आइपुगेको हो ।

गाउँपालिकाले आर्थिक वर्ष ०७७÷७८ मा एम्बुलेन्स खरिदका लागि बजेट निकासा गरे पनि कोरोनाका कारण ल्याउन ढिला भएको थियो । असी वर्ष नाघेका नागरिकलाई निःशुल्क, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट र अन्यलाई सहुलियत दरमा एम्बुलेन्स उपलब्ध गराउने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रु १२ लाख ५० हजारमा खरिद गरिएको एम्बुलेन्सको बडी बनाउन केही दिन लाग्ने भएकाले पूरा तयारी भएपछि सेवा दिन थालिनेछ ।”

एम्बुलेन्स चालक र पेट्रोलको खर्च धान्ने गरी सहुलियतदरमा सेवा प्रदान गरिने र कमाउनेभन्दा पनि सेवामुखी भावनाले काम गर्ने योजना रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । तनहुँको पूर्वी क्षेत्रमा अवस्थित यो गाउँपालिका गोरखा र चितवन जिल्लासँग सीमा जोडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिसो बढेसँगै सिरक डसनाको बिक्री बढ्यो

४० क्विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ

गैँडा मरेको घटनामा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी

खजुरा गाउँपालिकाद्वारा आश्रित परिवारलाई भवन हस्तान्तरण

हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी खान बाध्य

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा मजदूर बेपत्ता

अलैँची उत्पादनमा वृद्धिः किसानले भने पाएनन् उचित मूल्य

झापामा बढी जनसङ्ख्या मेचीनगरमा

काठमाडौँको शंखरापुरमा निस्सासिएर दम्पतीको मृत्यु

उदयपुरगढीले गाउँगाउँमा माटो परीक्षण, खुसी भए आलु किसान