सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अफगानिस्तानको सहयोगका लागि संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले अफगानिस्तानका थप नागरिकलाई समस्याबाट बचाउन आग्रह गर्नुभएको छ ।

दशौँ लाख जना अफगानी नागरिकलाई बचाउनका लागि अब विश्व समुदायले तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभएको छ । उहाँले भन्नुभएको छ– अफगानिस्तानमा चिन्ताजनकरूपमा राजनीतिक, आर्थिक, सुरक्षा र मानवीय चुनौती थपिँदै गएकाले थप मानवीय सहयोगको निम्ति मेरो आग्रह छ ।

हाम्रा प्रयासहरुबाट मात्र हामीले अब यहाँका लाखौँलाख नागरिकलाई बचाउन सक्छौँ भन्दै उहाँले यसका लागि अन्तरराष्ट्रिय समुदायलाई आग्रह गर्नु भएको हो । संयुक्त राष्ट्रसंघ अफगानिस्तानका जनताका लागि उद्धार गर्न प्रतिबद्ध छ । तर पनि पछिल्लो समयमा यहाँका नागरिकमा मानवीय सहयताको अवश्यकता बढी परेको छ उहाँले भन्नुभएको छ ।

उहाँले हाल अफगानी जनता चरम गरिबीतर्फ उन्मूलन भएका र रोजगारीको सुनिश्चितताको लागि, स्वास्थ्य र शिक्षा सेवा पुनःस्थापनाका कार्यक्रअरु सञ्चालन होस् भन्ने चाहेको पनि बताउनुभएको छ । विद्रोही तालिबानीले काबुल कब्जामा लिएर नयाँ सरकार घोषणा गरेपछि पछिल्लो समय संयुक्त राष्ट्रसंघका थुप्रै एजेन्सी अफगानिस्तानमा बिग्रिँदै गएको मानवीय स्थितिको बारेमा चिन्तित छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्तको कार्यालयले पनि अफगानिस्तानको मानवीय स्थिति हाल निकै नै निराशाजनक बन्दै गएको र खाना, औषधि, आश्रय र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन नै चुनौतीपूर्ण बन्दै गएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अफगानिस्तानका जनतालाई मानवीय सहायता गर्ने भारतको प्रतिबद्धता

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

रसियाले युक्रेनमा हमला गरे रुसी ग्याँस पाइप लाइन अबरुद्ध गर्ने अमेरिकी चेतावनी

संयुक्त राष्ट्रसंघको अफगानिस्तानमा मानवअधिकार उल्लङ्घनप्रति चिन्ता

इयु र बेलायतले रूसी ग्यास परियोजनाहरू विरुद्ध प्रतिबन्धको तयारी गर्दै

फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गर्न सक्छ: बाइडन

अस्ट्रेलियामा १६ देखि १७ वर्षका व्यक्तिलाई पनि बुस्टर डोज दिने तयारी

चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन ,आर्थिक- चीन

कोभिड १९ उच्च सङ्क्रमित नौ देशको सुची