सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जबर्जस्ती करणी गर्नेलाई जन्मकैद

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवालाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो ।

जिल्ला अदालतका न्यायाधिश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिनुभयो । भट्टराईले ६ वर्षीया बालिकालाई गत वर्ष माघमा जबर्जस्ती करणी गरेका थिए । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा १ र २ तथा उपदफा ३ को (क) बमोजिम दोषी ठहर गरिएको हो । भट्टराईलाई जन्मकैदका साथै रु ६ लाख जरिवाना र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जबरजस्ती करणी कसुरमा दुई युवक पक्राउ

नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिने युवक पक्राउ

जुम्लाको खलंगाबाट ४० क्विन्टल जडीबुटी ट्र्याक्टरसहित दुई जना पक्राउ

महोत्तरीमा प्रतिबन्धित १६० केजी गाजा बरामद

नक्कली मास्क बिक्री, चार पक्राउ

सामूहिक बलात्कारका आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

चाँदीका गरगहनासहित दुई पक्राउ

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा मुद्दा दायर

अपहरण तथा कर्तव्य ज्यान मुद्दामा पाँच जनामाथि अनुसन्धान

सात दिनदेखि युवा बेपत्ता

परिवार नै अवैध क्रिप्टोकरेन्सी कारोबारमा

जबर्जस्ती करणी गर्नेलाई अठार वर्ष कैद