सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

महेन्द्रनारायण निधि विपन्न आवास योजना कार्यान्वयन कार्यविधि स्वीकृत

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः प्रदेश नं २ सरकारले महेन्द्र नारायण निधि विपन्न आवास योजना कार्यान्वयन कार्यविधि र दलित सशक्तिकरण नियामावली स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना २०६८ स्वीकृत गरेको सरकारका प्रवक्ता आर्थिक मामिलामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

सरकारले विपन्न आवास योजना–२०६८ स्वीकृत गरेसँगै प्रदेश नं २ का ६१० विपन्न परिवारले आवास पाउने भएका छन् । सो कार्यक्रमअन्तर्गत यो प्रदेशका आठवटै जिल्लाको प्रत्येक निर्वाचन क्षेत्रमा १० परिवारको घर निर्माण गरिने मन्त्री साहले जानकारी दिनुभयो । असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने बताइएको छ ।

प्रतिआवास कूल रु पाँच लाखमा प्लास्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहनेछन् । आवास निर्माणको प्रक्रिया द्रुत गतिमा अगाडि बढाइने मन्त्री साहले जानकारी दिनुभयो ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले दलित सशक्तिकरण नियामावली २०६८ समेत स्वीकृत गरेको छ । सो नियमावली पारित भएपछि केही महिनाअघि प्रदेश सरकारले गठन गरेको दलित सशक्तिकरण बोर्डलाई आफ्ना कामकारबाही अगाडि बढाउन सहज हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसदीय सुनुवाइको ओज बढाउने कानुन तर्जूमा गरिँदै

प्रदेश नम्बर १ : प्रदेश सभा बोलाउन एमालेको माग

माघ १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान

गण्डकीका तीन सिटमा सत्ता गठबन्धन विजयी

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि मतदान सुरु

कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु

सभामुख सापकोटाप्रति एमालेको आक्रोश कायमै, लेखा समितिको नेतृत्व नदिएको असन्तुष्टि

प्रदेशसभाको कार्यकाल चार वर्ष पूरा, ५६ कानुन निर्माण

राजदूत नियुक्तिबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने सुनुवाइ समितिको निर्णय

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

विधेयक फिर्ता प्रस्ताव बहुमतले पारित