सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सहकारी आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्छ: मन्त्री श्रेष्ठ

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरु आफ्ना सदस्यप्रति उत्तरदायी बन्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिको सभामा मन्त्री श्रेष्ठले समुदायप्रति सदैव जिम्मेवार बनेर नागरिकको भरोसा बढाउनु सहकारीको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो ।

सहकारीको सिद्धान्त, उद्देश्य र मर्मअनुसार नचल्दा वित्तीय सुशासन कायम हुन नसकेको र सहकारीप्रति बचतकर्ताको विश्वासमा कमी आएको उहाँको धारणा थियो । सहकारीको क्षेत्रमा देखिएका चुनौती र जोखिमलाई न्यूनीकरण गर्दै त्यसप्रति नागरिकको विश्वास र भरोसा बढाएर लगानी गर्न आकर्षित गर्नु सबैको दायित्व भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

संविधानले सहकारीलाई आर्थिक विकासको मेरुदण्डको रुपमा लिएको र आर्थिक विकास तथा समृद्धिका लागि यसको भूमिका महत्वपूर्ण हुने हुँदा सहकारीलाई सदस्य केन्द्रित भई व्यावसायिक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सहकारीको सिद्धान्त मूल्यमान्यता र प्रचलित ऐन कानुनको पूर्ण परिपालना गर्दै संविधानमा समृद्धिको आधारस्तम्भ मानिएको सहकारी अभियानलाई थप प्रभावकारिताका साथ अघि बढाउन राष्ट्रिय सहकारी बैंकले भूमिका निर्वाह गर्न आवश्यक रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री खाँण र बेलायती राजदूत निकोलाबीच भेटवार्ताः गोर्खा सैनिकका मागको सम्बोधन गरिदिन आग्रह

आयोगका उपाध्यक्ष गिरिमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ

प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा भौतिक आक्रमणको प्रयास

मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी (जाहेरी दरखास्त)

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

कोभिड–१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यमकर्मीविरुद्ध मुद्दा (पत्रसहित)

माघ १८ बाट भूमिआयोगले चितवनमा काम गर्ने

राष्ट्रिय युवा सङ्घको साताव्यापी रक्तदान अभियान सुरु