सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गृहमन्त्री खाँणसँग अस्ट्रेलियन राजदूतको भेट

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले आज भेट गर्नुभएको छ ।गृह मन्त्रालयमा भएको भेटमा अस्ट्रेलिया र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले नेपालको विकासमा अस्ट्रेलियाले गरिरहेको मद्दतका लागि धन्यवाद दिँदै कोभिड–१९ महामारी नियन्त्रणका लागि भ्याक्सिन सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

नेपालमा रहेका शरणार्थीको व्यवस्थापन र नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा पढ्न सहज हुने व्यवस्था गरिदिन पनि उहाँले आग्रह गर्नुभएको थियो । मन्त्री खाँडले पढाइका अलावा नेपाली विद्यार्थीले हप्तामा २० घण्टा काम गर्न पाउने गरेकामा त्यो समय बढाउन पनि आग्रह गर्नुभएको थियो ।

राजदूत भोल्कले नेपाल पुरानो मित्र भएकाले आफूहरूले सक्दो सहयोग गर्न सदैव तयार रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण निर्माणबारे आफूले पहल गर्ने पनि आश्वासन पनि दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शहीद दिवसमा सार्वजनिक बिदा

ओलीलाई संकेत गर्दै कांग्रेस महामन्त्री शर्माले भनेः संक्रमण हुँदा मापदण्ड पालना नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा

जिल्ला प्रशासनको सेवा स्थगित

न्याय सेवा आयोगको बैठक बस्दै, बारकाे असहमति

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा

जग्गा खोज्दै मधेस प्रदेश सरकार

गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न