सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेकपा एसका विद्यार्थीले केएमसीका अध्यक्ष सुनिल शर्मालाई सिंहदरबारभित्रै कालोमोसो दले

२०७८ पुष ३०, शुक्रबार

काठमाडौंः काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै विद्यार्थीले कालोमोसो दलेका छन् । शुक्रबार शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिनेक्रममा विद्यार्थीले कालोमोसो दलेका हुन् ।

करिब ५/६ जना विद्यार्थीहरुको समुहले शुक्रबार पौने पाँच बजेको समयमा मन्त्रालय परिसरमै कालोमोसो दलेका हुन् ।

प्रहरीले कालो मोसो दल्ने समूहमा सहभागी भएका नेकपा (एस) निकट अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई पन्ध्र मिनेटमै पक्राउ गरेको  जनाएको छ । पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहा गर्न अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले माग गरेका छन् ।

‘सुनिल शर्मालाई कालोमोसो दलेका छौँ’, पराजुलीले बताए, ‘हाम्रो संगठनका उपमहासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई तत्काल रिहा गर्न माग गर्दछु ।’
शर्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकमा सहभागी भएर बाहिरिएका थिए । मन्त्रालयमा चिकित्सा शिक्षा आयोगले तोके भन्दा बढी शुल्क लिन नपाउने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शहीद दिवसमा सार्वजनिक बिदा

ओलीलाई संकेत गर्दै कांग्रेस महामन्त्री शर्माले भनेः संक्रमण हुँदा मापदण्ड पालना नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा

जिल्ला प्रशासनको सेवा स्थगित

न्याय सेवा आयोगको बैठक बस्दै, बारकाे असहमति

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा

जग्गा खोज्दै मधेस प्रदेश सरकार

गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न