सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ओमिक्रोन सङ्क्रमण रोकथाम आदेश जारी गर्ने सरकारको निर्णय

२०७८ पुष ३०, शुक्रबार

काठमाडौंः सरकारले कोभिड-१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ ।

सिंहदरवारमा शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन नदिन  ‘कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ आदेश जारी गरेको हो ।

एक महिनाका लागि जारी आदेशमा यसअघि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरू नै समेटिएको एक मन्त्रीले बताए ।

माघ मसान्तसम्म सार्वजनिक स्थलमा भिडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेन्ट स्टोरहरूमा एक पटकमा २५ जनाभन्दा बढी मान्छेहरूको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नेलगायत विषय आदेशमा समेटिएका छन् ।

बैठकले पूर्वनिर्धारित विश्वविद्यालय र जनशक्ति भर्नासम्बन्धी परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने, तर नियमित पठनपाठनलाई भने भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सार्वजनिक सवारीमा लागु भएको जोर-बिजोर प्रणाली हटाउने प्रसासनको निर्णय (पूर्णपाठ)

बालुवाटारमा देउवा, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच एकघण्टा गोप्यवार्ता

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिकः १८ सिटमा सत्तागठबन्धन १ सिट एमाले बिजयी (नामावलीसहित)

राष्ट्रियसभा सदस्य निर्वाचन: बिहान ९ बजेदेखि मतदान

स्थानीय तहको निर्वाचन मिति चाँडै तोक्न आयोगको आग्रह

सत्ता गठबन्धनद्वारा संयुक्त अपिल

आर्थिक वृद्धिदर गत वर्षको भन्दा माथि हुने प्रधानमन्त्री देउवाको अनुमान

प्रधानमन्त्री देउवाद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

राष्ट्रियसभा निर्वाचनमा २१ बुँदे मापदण्ड अनिवार्य पालना गर्न आयोगको आग्रह (सूचीसहित)

विद्यार्थीलाई खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने सीसीएमसीसीकाे निर्णय

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने