सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ललिता निवास प्रकरण : थप अनुसन्धान गर्दै सिआइवी

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः सरकारी वकिलको कार्यालय काठमाडौँबाट आफ्नो रायसहितको प्रतिवेदन फिर्ता आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बालुवाटारस्थित ललिता निवासको जग्गाको किर्ते लिखतका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

सिआइवीले ३०० भन्दा बढीलाई अभियुक्त बनाएर आफ्नो अनुसन्धान सकी यही २२ गते सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको थियो । सोमबार सरकारी वकिलको कार्यालयले थप अनुसन्धान आवश्यक भएको भनी प्रतिवेदन फिर्ता पठाएपछि सिआइवीले तथ्य तथा कागजातको विष्लेषण तथा थप अनुसन्धानमा थालेको हो । सिआइवीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले भन्नुभयो, “सरकारी वकिलको कार्यालयबाट थप निर्देशन प्राप्त भएको छ, सोहीअनुसार कार्यान्वयन गरेर फेरि पठाइन्छ ।” उहाँका अनुसार ब्यूरोले विगत दुई वर्षदेखिको अनुसन्धान सकेर सरकारी वकिललाई छुट्टाछुट्टै चारवटा मुद्दाको प्रतिवेदन बुझाएको थियो ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा–२७६ अनुसार लिखत किर्तेसम्बन्धी मुद्दाको हदम्याद दुई वर्षको भए पनि उक्त मुद्दा मुलुकी ऐन आकर्षित हुने भएकाले सोही अनुसारको हदम्याद हुने जनाइएको छ । सिआइवीका प्रहरी उपरीक्षकको नेतृत्वमा गठित छानबिन समितिले जग्गामा सरकारी लिखत किर्ते भएको निष्कर्षसहित प्रतिवेदन दिएको थियो । सोही आधारमा सिआइवीले अनुसन्धान थालेको थियो ।

अहिलेसम्म उक्त घटनाका आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदी मात्रै पक्राउ परेका छन् । विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत किर्ते गरी हिनामिना भएको सार्वजनिक भएको छ । उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत ललिता निवास प्रकरणमा १७५ जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरिसकेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उक्त मुद्दा सिआइवी र अख्तियारले हेरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गृहमन्त्री खाँण र बेलायती राजदूत निकोलाबीच भेटवार्ताः गोर्खा सैनिकका मागको सम्बोधन गरिदिन आग्रह

आयोगका उपाध्यक्ष गिरिमाथि भएको आक्रमणको गोविन्द केसीद्वारा निन्दा

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ

प्र्याङ्क भिडियो खिच्नेलाई अब कारबाही हुने

बिचौलियालाई कार्यालयभित्र प्रवेश नदिनुस्ः मन्त्री दाहाल

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी चढेको गाडीमा भौतिक आक्रमणको प्रयास

मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी (जाहेरी दरखास्त)

कोटेश्वर–जडीबुटी सडक चैतसम्ममा सम्पन्न गरिने

कोभिड–१९ विरुद्धको खोप लगाउन २० हजार घुस लिने स्वास्थ्यमकर्मीविरुद्ध मुद्दा (पत्रसहित)

माघ १८ बाट भूमिआयोगले चितवनमा काम गर्ने

राष्ट्रिय युवा सङ्घको साताव्यापी रक्तदान अभियान सुरु