सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्ता गठबन्धन जनप्रतिनिधि राष्ट्रियसभा निर्वाचनमा एकै ठाउँ

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः सत्ता गठबन्धनमा आवद्ध खोटाङका चार राजनीतिक दलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले आगामी १२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिले गठबन्धनलाई मतदान गर्ने निर्णय गरेको हो ।

कांग्रेस सभापति विष्णुकुमार राईले गठबन्धनमा आवद्ध चार राजनीतिक दलका जनप्रतिनिधिलाई गठबन्धनकै पक्षमा मतदान गर्ने÷गराउने निर्णय गरिएको जानकारी दिनुभयो । “सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलले राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धी, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्रको रक्षा एवम् प्रतिगमनकारी हर्कत र पश्चगमनकारी कदमलाई असफल बनाउँदै देशलाई एकतावद्धरुपमा अग्रगमनतर्फ अगाडि बढाउन जिल्लाबाट गठबन्धनलाई मतदान गर्ने निर्णय गरेका हौँ ।”

जिल्लाका चार सत्ता साझेदार दलले आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनसमेतमा गठबन्धन कायम राखिने माओवादी केन्द्रका अध्यक्ष देवान किराँती ‘पृथ्वी’ले बताउनुभयो । “केन्द्रमा गठबन्धन भत्किएको अवस्थामा पनि जिल्लाको सापेक्षता र आवश्यकताको आधारमा गठबन्धन कायम रहन्छ”, उहाँले भन्नुभयो, “सत्ता गठबन्धनमा आवद्ध दलबीचको सहकार्य, एकताको संयुक्त प्रयासलाई थप बलियो बनाउन गठबन्धनलाई पालिका र वडा तहसम्म पु¥याउने तयारी गरिएको छ ।”

सत्ता गठनबन्धनमा आवद्ध चार राजनीतिक दलले गरेको निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । विज्ञप्तिमा कांग्रेस सभापति राई, नेकपा माओवादी केन्द्रका अध्यक्ष पृथ्वी, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलशेर राई र जनता समाजवादी पार्टीका अध्यक्ष टङ्क थापाले हस्ताक्षर गर्नुभएको छ ।

जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयास जारी राख्ने, गठबन्धनमा आवद्ध दलको पालिकामा संयुक्त बैठक बसेर जनताको माग प्रदेश र सङ्घीय सरकारमार्फत सम्बोधन गर्न पहल गर्ने निर्णयसमेत गरिएको गठबन्धन दलले जनाएको छ । गठबन्धन दलले जिल्लामा विकासे योजना वितरण गर्दा आफ्ना कार्यकर्ता निकटलाई लक्षित गरेर योजना वितरण गर्दा प्रभावकारी नभएको आरोप लगाएका छन् । दश स्थानीयतह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्या दश मत रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) एक्लैको १२ मत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (नामावलीसहित)

कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई कमल थापाको सुझाव

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै

लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्न आग्रह

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै (विज्ञप्ती सहित)

एमालेले भन्यो : प्रदेश एकमा अन्तर्घात गर्नेहरुमाथि कारबाही हुन्छ

देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक : जसपा अध्यक्ष यादव

माओवादी केन्द्रका स्कुल विभाग प्रमुख पोखरेललाई कोरोना संक्रमण

कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण पुष्टी

एमाले उपमहासचिव भन्छन्- गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालकाे बधाई