सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालको भौगोलिक अखण्डताको सम्मान गर्न माओवादीको आग्रह

२०७८ पुष ३०, शुक्रबार

काठमाण्डौः नेकपा (माओवादी केन्द्र)ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गर्नुभएको हो ।

माओवादीले भारतलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ, “हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ ।” त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले भन्नुभएको छ, “नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गरोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन (नामावलीसहित)

कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन नसार्न सरकारलाई कमल थापाको सुझाव

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दै

लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक लाग्न आग्रह

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दै (विज्ञप्ती सहित)

एमालेले भन्यो : प्रदेश एकमा अन्तर्घात गर्नेहरुमाथि कारबाही हुन्छ

देशको समृद्धिका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको विकास आवश्यक : जसपा अध्यक्ष यादव

माओवादी केन्द्रका स्कुल विभाग प्रमुख पोखरेललाई कोरोना संक्रमण

कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण पुष्टी

एमाले उपमहासचिव भन्छन्- गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो, अब रियल चुनाव हुन्छ

राष्ट्रियसभा सदस्यमा विजयीलाई माधव नेपालकाे बधाई