सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिन नपाउने निर्णय, सञ्चालकको ‘नोट अफ डिसेन्ट

२०७८ माघ १, शनिबार

काठमाडौंः मेडिकल कलेजहरूले चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस समेतका कार्यक्रममा आयोगबाट निर्धारित शुल्क भन्दा बढी शुल्क शिक्षकण संस्थाहरुले लिन नपाउने निर्णय भएको छ ।

शुक्रबार शिक्षा मन्त्रालयमा बसेको शिक्षा मन्त्रीको उपस्थितिमा राष्ट्रिय चिकित्सा शिक्षा आयोग,त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय,काठमार्डाैं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवं विद्यार्थी सहतको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले मेडिकल कलेजले हरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम एमबीबीएससमेतका कार्यक्रममा आयोगले तोकेको भन्दा बढी लिन नपाउने निर्णय गरेको छ ।त्यसैगरी विद्यार्थीहरुको छात्रावास सम्बन्धी समस्यालाई शिक्षण संस्था तथा अभिभावक एवं विद्याथीहरुबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्ने र यसका लागि विश्वविद्यालयले सहजीकरण गर्ने निर्णय पनि गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, एमबीबीएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाउनुपर्ने शीर्षकगत रकमसमेत निर्धारण गर्ने कार्यमा आयोगले तत्काल कार्यरम्भ गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा देखिएक असहजता निरुपणका लागि विज्ञ, सम्बन्धित निकाय र सरकारवाला पक्षसँग छलफल र परामर्श गरी संशोधनका सम्बन्धमा आयोगले सरकारलाई राय परामर्श उपलब्ध गराउने भएको छ ।

त्यस्तै, चिकित्सा शिक्षाको विभिन्न शैक्षिक कार्यक्रमहरूमा सिट रिक्त रहने विषयलाई मध्यनजर गरी एकीकृत प्रवेश परीक्षा प्रणालीमा आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, चिकित्सा शिक्षा आयोगका पदाधिकारी, मेडिकल कलेज सञ्चालक, विद्यार्थीसहित भएको बैठकमा भएका निर्णयप्रति मेडिकल सञ्चालकहरुले भने ‘नोट अफ डिसेन्ट’ अर्थात फरक मत लेखेका छन् ।

काठमाडौं मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएपछि विद्यार्थी ले आन्दोलन गर्दै आएका छन् । खबर एजुकेशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिवि व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त (सूचना सहित)

माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुलाउन सरकारको निर्देशन (विज्ञप्ती)

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

सीटीईभीटी अन्तर्गतका सबै परीक्षा स्थगित

शिक्षामन्त्री पौडेलद्वारा समयमै रिजल्ट निकाल्न त्रिविलाई निर्देशन

सिरहामा प्रशासककै मिलेमतोमा भौतिक उपस्थितिमा पढाइ

दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

यी हुन् शिक्षामन्त्री देवेन्द्र पौडेलका उपलब्धि र प्राथमिकताहरु (पूर्णपाठ)