सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एक जना ग्राहकबाट औसतमा कति कमाउँछन् टेलिकम र एनसेल ?

२०७८ माघ १, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालको दूरसञ्चार क्षेत्रमा खासगरी मोबाइल सेवामा दुई कम्पनी नेपाल टेलिकम र एनसेलको अधिपत्य छ । नियामकले सार्वजनिक गर्ने प्रतिवेदनमा ग्राहक सङ्ख्याका आधारमा पहिलो नम्बरमा देखिने नेपाल टेलिकमको आम्दानी भने एनसेलको तुलनामा कम छ ।

हालैको एउटा तथ्यले टेलिकमको नेटवर्कमा सक्रिय रहेका मोबाइलको सङ्ख्या समेत कम रहेको देखिएको छ । यसले समेत कम्पनीको आम्दानी कम भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

तर वास्तवमा एनसेल र नेपाल टेलिकमले औसत एक जना ग्राहकबाट मासिक कति आम्दानी गर्छन् भन्ने कुरा स्पष्ट रुपमा सार्वजनिक हुने गरेको छैन । त्यसैले आज हामीले दुई कम्पनीको प्रति ग्राहक औसत आम्दानी (एआरपीयू-एभरेज रेभिन्यु पर युजर) को हिसाब निकालेर तुलना गर्ने प्रयास गर्दैछौँ ।

त्यसो त प्यारेन्ट कम्पनीको रुपमा रहेको आजियाटा लिमिटेडले सार्वजनिक गर्ने वित्तीय प्रतिवेदनमा एनसेलको प्रति व्यक्ति आम्दानी स्पष्ट छ । तर नेपाल टेलिकमले भने प्रति ग्राहक औसत आम्दानीको विषय अहिलेसम्म आफ्नो प्रतिवेदनमा समावेश गरेको पाइँदैन ।

दुवै कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन् । जसअनुसार उक्त तीन महिनाको अवधिमा एनसेलको आम्दानी १० अर्ब १५ करोड ८१ लाख ६० हजार रुपैयाँ रहेको छ भने टेलिकमको आम्दानी १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ छ ।

आम्दानी रकम करिब समान देखिए पनि एनसेलले उक्त आम्दानी एक करोड ६४ लाख ९० हजार ग्राहकबाट तथा टेलिकमले दुई करोड १९ लाख १० हजार ग्राहकबाट गरेको हो । यस हिसाबले एनसेलले आफ्नो एक जना ग्राहकबाट मासिक औसत २०५.३३ रुपैयाँ (पोस्टपेडमा ३०६ रुपैयाँ र प्रिपेडमा २०० रुपैयाँ) आम्दानी गर्दै आएको छ ।

तर टेलिकमले भने एक जना ग्राहकबाट मासिक औसत १५३.७२ रुपैयाँ मात्रै आम्दानी गर्छ । जुन एनसेलको भन्दा प्रति ग्राहक मासिक औसत ५१.६१ रुपैयाँ रुपैयाँ कम हो । टेकपानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

अनर एक्स ७ बी नेपाली बजारमा आउँदै

चीनमा बनाइयो पहिलो हाइड्रोजन ट्रेन, जसको भयो सफल परिक्षण

नेपाल सम्वत्‌को सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छः मन्त्री शर्मा

अब गुनगुनाएको भरमा यु टयुबमा म्युजिक खोज्न सकिने

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

‘क्यूआर कोड’मार्फत पर्यटकीय गन्तव्यको जानकारी

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री