सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जानाजान कोरोना संक्रमण गराएकी चेक गायिकाको मृत्यु

२०७८ माघ ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चेक रिपब्लिककी ५७ वर्षीय गायिका हाना होर्काको मृत्यु भएको छ । उनले केही दिनअघि मात्रै सामाजिक सञ्जाल फेसबुकमा आफू कोरोना संक्रमित भएको र निको हुँदै गरेको बताएकी थिइन् । त्यसको दुई दिनपछि उनको मृत्यु भएको हो ।

‘अब थियटर, साउना र कन्सर्ट हुनेछ,’ आफू निको हुँदै गरेकोे जानकारी दिँदै उनले फेसबुकमा लेखेकी थिइन् । त्यसको दुई दिनपछि आइतबार उनी मृत्यु भएको हो ।

उनका छोरा जान रेकका अनुसार होर्का जानीजानी संक्रमित हुन पुगेकी थिइन् । श्रीमान् र छोरालाई संक्रमण देखिएपछि आफूलाई पनि संक्रमण भएमा सहज हुने मनासायले उनी जानाजान संक्रमित भइन् ।

तर, उनका श्रीमान र छोराले भने खोप लगाएका थिए । होर्काले लगाएकी थिइनन् । दुवैजनामा क्रिसमसमा संक्रमण देखियो । तर, होर्काले भने सामाजिक दूरा पालना गर्न र उनीहरूबाट टाढा रहन मानिनन् । बरु आफूलाई पनि भाइरसको संक्रमण होस् भन्ने नियतबस उनी पनि संक्रमित बन्न पुगिन् ।

छोरा रेकका अनुसार होर्का हिँडडुल अवरोध कम होस् भनेर आफूलाई संक्रमण सार्न चाहन्थिन् । चेक रिपब्लिकमा सार्वजनिक कार्यक्रममा जाँदा खोप कार्ड या भर्खरै संक्रमित भएको रिपोर्ट अनिवार्य गरिएको छ । तर, होर्काले खोप लगाउनुभन्दा संक्रमित हुनु नै उचित ठानिन् । नेपालवाच

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

फेला पर्‍याे अर्को विशाल ब्लाक होल, ‘सिल्पिङ ब्लाक हाेल’ कस्ताे छ त ? जान्नुहोस

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

सुर्य ग्रहणका दिन एक अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली

गर्लफ्रेन्ड चाहियो भन्दै पैसा तिरेर फेसबुकमा विज्ञापन !

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल

माेबाइल हरायाे, अब नाे टेन्सन गुगलकाे ‘फाइन्ड माई डिभाइस नेटवर्क’ले भेटाइदिनेछ