सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इंग्लिस प्रिमियरमा लिभरपुल र चेल्सीको सहज जित

२०७८ माघ १०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष टोली लिभरपुल र चेल्सीले सहज जित निकालेका छन् ।

आइतबार राति भएको खेलमा भ्रमणकारी टोली लिभरपुलले क्रिस्टल प्यालेसलाई ३-१ अन्तरले हरायो । लिभरपुलको जितमा भिर्गिन भान डाइक, एलेक्स च्याम्बर्लिन र फाबिन्फोले १-१ गोल गरे । घरेलु टोलीको लागि ओड्सोने इडवार्डले सान्त्वना गोल गरे  ।

भिर्गिल भान डाइकले आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको ३२औं मिनेटमा एलेक्स च्याम्बर्लिनले गोल गर्दा लिभरपुल२-० ले अगाडि बढ्यो ।

५५औं मिनेटमा प्यालेसका इडवार्डले गोल गर्दै दूरी २-१ को स्थिति झारे । खेलको ८९औं मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले २२ खेलमा ४८ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित  क्रिस्टल प्यालेस २४ अंक जोडेर १३ औं स्थानमा छ ।

अर्को खेलमा चेल्सीले टोटेनहमलाई २-० अन्तरले हरायो । घरेलु मैदानमा चेल्सीलाई जितउन हाकिम जिएच र थियागो सिल्भाले १-१ गोल गरे ।

४७औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । ५५ औं मिनेटमा सिल्भाले गोल गर्दा चेल्सीलाई  सहज जित तर्फ अग्रसर भयो ।

जितसँगै चेल्सी २४ खेलमा ४७ अंक जोडेर तेस्रो स्थानमा  छ । पराजित टोटेनहम ३६ अंक जोडेर सातौं स्थानमा  छ । राति भएको अन्य खेलमा आर्सनल र बर्नलीले गोल रहित बराबरी खेल्दा लेस्टर सिटी र ब्राइटनले १-१ गोलको बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बमको शतकका बाबजुत नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग पराजित

नेपालले २२३ रनको चुनौती पायो

टस जितेर नेपाल ‘ए’ले फिल्डिङ राेजेपछि आयरल्यान्ड ‘ए’ ब्याटिङ गर्दै

इटहरी गोल्डकपको फाइनलमा चर्च ब्वाइज र आर्मी भिड्ने

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

राजस्थान रोयल्सको लगातार दोस्रो जित

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासोः सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

आज आयरल्यान्ड ए सँग खेल्दै नेपाली ए टिम