सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिरहामा प्रशासककै मिलेमतोमा भौतिक उपस्थितिमा पढाइ

२०७८ माघ ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि मधेस प्रदेशका अधिकांश घरमा कोरोनासँग मेल खाने लक्षणका बिरामी छन्। स्वास्थ्यमा जटिल समस्या नदेखिएकाले उनीहरू परीक्षण गराउन प्रयोगशाला गएका छैनन्।

जसका कारण उनीहरूको अभिलेख कोरोना संक्रमितमा थपिएको छैन। तेस्रो लहरमा अधिकांश संक्रमित घरमै चिकित्सकीय परामर्शमा बसेर निको भइरहेका छन्। जटिल समस्या देखिएकाहरू मात्र परीक्षणका लागि प्रयोगशाला र अस्पताल पुग्छन्। यो लहरमा संक्रमणको डरले सर्वसाधारण ‘आतंकित’ बनेका छैनन्।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन यसअघिका भेरिएन्टभन्दा बढी संक्रामक भएको चिकित्सकहरूले बताइरहेका छन। संक्रमणको बढ्दो ग्राफले यस भनाइलाई पुष्टिसमेत गरेको छ। अधिक संक्रामक देखिए पनि सार्वजनिक स्थलमा लापरबाही, बजारमा भिड घटेको छैन।

सार्वजनिक यातायातका साधनमा समेत यात्रु कोचिएरै यात्रा गरिरहेका छन्। सरकारले बालबालिकालाई संक्रमणबाट जोगाउन स्कुलहरू माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। तर सरकारको यस निर्णयलाई स्थानीय प्रशासकहरू निजी विद्यालयसँग मिलेर धज्जी उडाइरहेका छन्।

स्थानीय प्रशासकको मिलेमतोमा मधेस प्रदेशको सिरहालगायत जिल्लामा निजी विद्यालय विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन भइरहेको पाइएको छ। यसले बालबालिकामा संक्रमणको खतरा बढाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले निजी विद्यालयहरू भौतिक उपस्थितिमा पढाइरहेको जानकारी पाएपछि प्रहरी पठाउने तयारी गरेको बताए। चार दिनदेखि यहाँका निजी विद्यालय भौतिक उपस्थितिमा पठनपाठन गराइरहेको प्रजिअ खड्काले बताए।

विद्यालयहरूले स्कुल बस नै पठाएर विद्यार्थी ओसारपसार गरिरहँदा प्रजिअ मौन बस्नुले मिलेमतो प्रस्ट हुने स्थानीय बताउँछन्। सरकारी निर्णय उलंघन गर्दै बालबालिकाको ज्यान जोखिममा पार्ने कार्य भइरहँदा प्रशासक बेपरबाह बस्नु विडम्बना भएको स्थानीय बुद्धिजीवी देवकुमार मोक्तान बताउँछन्।

कोरोनाको तेस्रो लहर सुरु भएपछि मधेस प्रदेशमा कोरोना संक्रमणबाट आठजनाको मृत्यु भएको छ। सिरहामा ३, सप्तरीमा २, महोत्तरीमा २ र बारामा १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

मधेस प्रदेशमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहे पनि स्थानीय स्तरमा सतर्कता शून्य प्रायः देखिएको छ। सार्वजनिक सवारी साधन, स्थानीयस्तरमा लाग्ने हाटबजार, राजनीतिक कार्यक्रम, सरकारी कार्यालयलगायत स्वास्थ्य सुरक्षा मापदण्डलाई खिल्ली उडाइएको पाइन्छ।

छोटो दूरीका सवारीसाधनमा यात्रु खचाखच भरिएका हुन्छन्। कमै यात्रुले मात्र मास्क लगाएको देखिन्छ । साप्ताहिक हटिया, बजारमा पनि भिड बढ्दो छ तर मास्क, भौतिक दूरीको पालनालगायत मापदण्ड पालनामा कसैको ध्यान छैन।

संक्रमण उकालो लागिरहँदा विभिन्न पार्टीका राजनीतिक सभासम्मेलन निर्वाध भइरहेका छन् । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरे पनि नियम उल्लंघन गर्नेमा रानीतिक दल र स्थानीय प्रशासन नै अघि देखिएका छन्।

समग्रमा दिनहुँ संक्रमण हुनेको संख्या उच्च भइरहे पनि स्वास्थ्य मापदण्ड पालनामा कसैको ध्यान गएको छैन। खुला सिमाना हुँदै भारतबाट आवतजावत गर्नेको केही नाकामा मात्रै स्वास्थ्य परीक्षण भइरहेको छ। पर्साको वीरगन्ज, रौतहटको गौर, महोत्तरीको भिठामोड र सिरहाको माडरमा हेल्थ डेस्क स्थापना गरी भारतबाट नेपाल प्रवेश गर्नेको एन्टिजेन परीक्षण भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख विजय झाले जानकारी दिए।

नेपाल भित्रिनेमा संक्रमण पुष्टि भए नेपालीलाई होम आइसोलेसनमा बस्न लगाउने र भारतीय भए उतै फर्काउने गरिएको उनको भनाइ छ। प्रदेशका बाँकी बारा, धनुषा, सप्तरी र सर्लाही गरी चार जिल्लास्थित नाकामा भने परीक्षणको व्यवस्था छैन।

प्रदेशभर हालसम्म १ हजार ३ सय ९६ सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। दैनिक पिसिआर परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएर आफैं परीक्षण गराउन आएकामध्ये संक्रमण हुनेहरूको संख्या अधिक छ।

कोरोना पुष्टि भएपछि अधिकांश संक्रमित होम आइसोलेसनमा छन्। संक्रमितम १ हजार ४ सय २८ मध्ये १ हजार ४ सय १५ जना होम आइसोलेसनमा र बाँकी अस्पतालमा रहेको तथ्यांक छ। नागरिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शैक्षिकसत्र अगावै म्याग्दीमा पाठ्यपुस्तक

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

विद्यालयको नेपालीपन झल्कने नाम राख्न महानगरको निर्देशन

त्रिभुवन विश्वविद्यालयले गठन भयो उच्चस्तरीय छानबिन समिति

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भाइको नामबाट एसइई दिने १ जना पक्राउ

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु