सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ई-सेवा १४ औँ वर्षमा, यसरी बन्यो देशकै ‘नम्बर वान’ डिजिटल वालेट

२०७८ माघ ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ई-सेवाको मोबाइल एपमार्फत सहज रुपमा पैसा पठाइरहेका हाम्रा लागि कम्पनीको पहिलो भर्सनबारे त्यति जानकारी नहुन सक्छ । आज मोबाइल एपमा ई-सेवा चलाउनेलाई यसको सुरुवात कम्प्युटर भर्सनबाट भएको थियो भन्दा अचम्म लाग्न सक्छ ।

सन् २००९ मा ई-सेवाको बेटा भर्जन डेक्स्टप कम्प्युटरबाट मात्र चलाउन सकिन्थ्यो । सुरुवाती समयमा बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्था थियो । नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स रिचार्जमा गइसकेको थिएन ।

ई-सेवाले टेलिकमबाट रिचार्ज कार्ड ल्याएर पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर बेच्ने गर्दथ्यो । नेपाल टेलिकमले इलेक्ट्रोनिक्स रिचार्ज सिस्टम बनाएपछि भने तरिका फेरियो ।

सुरुमा रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नकै लागि कम्पनीले दर्जनौ कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियल टाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिने भएको छ ।

बुद्ध एयर ई-सेवाको पहिलो आधिकारिक मर्चेन्ट बन्यो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्सको टिकट ई-सेवाबाटै लिन सकिन्छ । हरेक दिन हजारौँले ई-सेवामार्फत एयरलाइन्सको टिकेट काट्न ।

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको ई-सेवा सन् २०१२ सम्म एफ-वान सफ्टको एउटा प्रोडक्टको रुपमा रहेको थियो । २०१२ पछि भने छुट्टै कम्पनीका रूपमा स्थापना भएर यसले सेवा दिँदै आएको छ ।

साेही समयबाट ई-सेवाको ब्राण्ड कलर निलोबाट परिवर्तन भएर हरियो बन्याे । २०१३ बाट एजेन्ट मोडलमा गएको ई-सेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए ।

आजको दिनमा ई-सेवामा मर्चेन्टको संख्या तीन लाखभन्दा बढी छन् । यससँगै कम्पनीले ५० लाख प्रयोगकर्तालाई अनलाइन भुक्तानीको सेवा दिँदै आएको छ । अहिले ई-सेवाको नेटवर्कमा ५१ ओटा बैंक, ३०० भन्दा बढी सहकारी र एक लाख ३० हजार एजेन्ट आवद्ध छन् ।

कम्पनीका अनुसार ई-सेवाले हालको समयमा दैनिक पाँच लाख ओटा भुक्तानी कारोबार फर्छ्यौट गर्दै आएको छ । जुन नेपालको अनलाइन भुक्तानीको ८० प्रतिशत भएको कम्पनीको दाबी छ ।

२०१७ मा ई-सेवाले मोबाइल एप्लिकेसनमार्फत इन्टरनेट र एसएमएस दुवै भर्जनमा सेवा लिन सकिने प्रणालीको विकास गर्‍यो । २०१६ मा नेपाल राष्ट्र बैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै ईसेवाले नेपाल राष्ट्रबैंकमा इजाजतका लागि निवेदन दियो ।

यसरी स्थापना भएको आठ वर्षपछि अर्थात सन् २०१७ मा मात्रै ई-सेवाले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त गर्न सफल भयो । यसरी अघि बढेको ई-सेवा आजबाट १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ । टेकपानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रेस स्वतन्त्रताको रक्षार्थ एकजुट हुनुपर्नेमा जोड

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

अनर एक्स ७ बी नेपाली बजारमा आउँदै

चीनमा बनाइयो पहिलो हाइड्रोजन ट्रेन, जसको भयो सफल परिक्षण

नेपाल सम्वत्‌को सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण

चीनमा खाेलियाे विश्वको सबैभन्दा दोस्रो ठुलो एप्पल स्टोर

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

फ्रान्सले तिराउन लगायाे गुगललाइ २५० मिलियन युरो जरिवाना

सरकार दूरदराजमा इन्टरनेट सेवा पुर्‍याउने अभियानमा छः मन्त्री शर्मा

अब गुनगुनाएको भरमा यु टयुबमा म्युजिक खोज्न सकिने

५० बर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यसपटक

‘क्यूआर कोड’मार्फत पर्यटकीय गन्तव्यको जानकारी